सीता बि.क
प्युठान,लुम्बिनी प्रदेश सभासद तुल्सिराम शर्माले लघु उद्यम र उद्यमशीलताको विकास बिना मुलुककै समृद्धि सम्भव नहुने बताउनुभयो।
उद्योग,वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्धार्थनगर,रूपन्देहीको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय सहजीकरणमा उपभोक्ता जागरण तथा उद्यमीसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्नका लागि मुलुकमा सञ्चालित लघु,घरेलु तथा साना उद्योगहरुको प्रवर्धन र विकास अपरिहार्य भएकोमा जोड दिनुभयो।
मुलुकलाई तीब्रत्तर आर्थिक बृद्घिमा लैजानका लागि लघु,घरेलु तथा साना उद्योगको भूमिका उच्च रहेको भन्दै बेलैमा यस्ता उद्योगहरुको विकास र प्रवर्धन गर्न नसकिए केही वर्षपछि आफै बन्द हुने उहाँको भनाई थियो।
सरकारले लिएको समृद्घ नेपाल र सुखी नेपालीको लक्ष्य नेपाली उद्योग र तिनका उत्पादनसँग जोडिने भन्दै अहिले सञ्चालित हजारौं परम्परागत लघु,घरेलु तथा साना उद्योग धन्दाहरुको क्षमता विकास,यान्त्रिकरण,बस्तुको गुणस्तर र बजारीकरणको आवश्यकता औंल्याउनुभयो ।
स्थानीयस्तरमा आफ्नै कच्चा पदार्थबाट उत्पादित यस्ता उद्योग र तिनका उत्पादनको प्रवर्द्धन र बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्ने भन्दै सभाषद शर्माले यस्ता उद्योगहरुको संरक्षण र प्रवर्धनका लागि आफुले सदनमा पनि छलफल गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो।
अहिले सम्म उद्यम दर्तामा धेरै झन्झटिलो भएको गुनासो ब्याप्त आएको भन्दै ऐन संशोधनको तयारी भैरहेको समेत जानकारी दिनुभयो।
त्यस्तै जिल्ला समन्वय प्रमुख धर्म जि सि ले ३ तहका सरकारको कानुन एक आपसमा बाझिएकोले उद्घमिलाई मार परेको बताउनुभयो।
मुलुकमा संघीयता कार्यान्वयन भइराख्दा स्थानीय एवं प्रदेशबाट लागू गरिएका करका दरहरु अत्याधिक भएको,अध्ययनविना लागू गरिएको,स्थानीय तह कर संकलन गर्नका लागि भन्दा पनि जनतालाई सेवा दिने हुनुपर्ने,एक द्वार प्रणाली राजस्व सम्बन्धी विवादमा न्याय पाउन कठिन भएकोे,कर्मचारितन्त्रको स्वविवेकीय अधिकारको दुरुपयोग,बजार अनुगमन व्यवस्थित नभएको,उद्योग दर्ता देखि खारेजी सममका सम्पूर्ण सेवाहरु एकद्वार प्रणालीबाट प्रदान गरिनुपर्ने,न्यूनतम जरिवाना लिइ फर्म नवीकरणको व्यवस्था हुनुपर्ने,रुग्ण उद्योग पुनरुद्धार गर्न प्याकेज ल्याइनुपर्ने,व्यापार घाटा अत्याधिक बढ्दै गएको र स्थानीय विकास निर्माणको अवस्थाका बारेमा अन्तक्रिर्यामा उद्यमिले गम्भीर ढंगले समस्या राख्नुभएको थियो।
घरेलु तथा साना उद्योग महा संघ केन्द्रिय सदस्य नेगन सिह कुवरले मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढी हिस्सा ओगट्ने निजी क्षेत्रको विकास एवं विस्तारमा राज्यको ध्यान जानुपर्ने बताउनुभयो।
‘कृषिको आधुनिकीकरण,व्यवसायिकरण,पर्यटन क्षेत्र,जलविद्युत,जडीबुटीजन्य उद्योग मार्फत मुलुकमा सम्मृद्धि हाँसिल गर्न सकिन्छ।तर,त्यसका लागि सरकारले ठोस नीति ल्याउनुपर्छ,’कुवरले अगाडि भन्नुभयो,बस्तु तथा सेवा उत्पादन गर्ने,रोजगारी सृजना गर्ने,र सरकारलाई राजस्व बुझाउने निजी क्षेत्रप्रती राजनीतज्ञ,कर्मचारितन्त्र र सरकारको हेर्ने दृष्टिकोण र सोचमा परिवर्तन आउनु जरुरी छ।’
उद्योग,वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्धार्थनगर,रूपन्देही निमित्त निर्देशक इश्वर चन्द्र अर्यालको अध्यक्षता शाखा अधिकृत नारायण न्यौपानेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय प्युठानका कार्यालय प्रमुख मनिराम गुरुङ्गले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मी,घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष राम पहाडी,जिल्ला प्रसासनका कार्यालयका अधिकृत सरद गौतम लगाएयतले मन्तब्य राख्नुभएको थियो। भने कार्यक्रममा नेपाल पत्रकार महासघ प्युठान शाखाका अध्यक्ष श्रीराम भण्डारी,निर्माण ब्यबसायी संघका कोषाध्यक्ष बिशेक थापा,होटेल ब्यबसायी संघका उपाध्यक्ष दधिराम भण्डारी जिल्ला स्थित सम्पुर्ण स्थानिय तहमा कार्यरत उद्यम बिकास सहजकर्ता,जिल्लाका उद्यमि ब्यबसायीहरु लगायतको सहभागीता रहेको कार्यक्रमको सन्चालन उद्यम बिकास सहजकर्ता सङ्गिता नेपालीले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्