सीता बि.क
प्युठान,समाजमा बढ्दै गईरहेको आत्महत्या न्युनिकरणका लागि आफ्नै घर–छिमेकबाट सजगता अपनाउनुपर्ने तथा जनचेतना जगाउनुपर्ने प्युठानका सरोकारवालाहरूले जोड दिएका छन।
आत्महत्या न्यूनीकरणका लागि प्युठान नगरपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले जिल्लामा बढ्दो आत्महत्या घटना रोकथामको लागि साझा पहलको आवश्यकता रहेको समेत बताएका हुन ।
बढ्दो आत्महत्या दरलाई न्यूनीकरणका लागि मनोरोगका कारणहरूको पहिचान,रोगीहरूको निदान र उपचारमा समयमै ध्यान दिनुपर्ने सरोकारवालाहरुको निष्कर्ष छ।
कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले आत्महत्याका घटना न्युनिकरण गर्न विभिन्न संघ संस्था तथा सरोकारवालासँग समन्वय गर्दै हरेक व्यक्तिले आफैं जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् ।यस कार्यमा नगरपालिका पनि लागि रहेको भन्दै सबैले सामाजिक अभियानका रुपमा लाग्नुपर्ने बताए ।
त्यस्तै माण्डबि गाउँपालिकाका अध्यक्ष नबराज अधिकारीले आत्महत्या न्युनिकरणकालागि समाजले नै पहिलो भूिमका खेल्नु पर्ने र आत्महत्या बढ्नुमा समाजको वा परिवारको पनि कुनै कारण छ भने त्यो सबैकालागि घातक हुने र आत्महत्या हुन नदिने तर्फ सबै सचेत हुनु पर्ने बताए ।
जिल्ला समन्वय प्रमुख धरम जि सि ले आत्महत्या न्युनिकरण गर्न सबै समाजका सबै पक्ष जागरूकता फैलाउन आवश्यक रहेको बताए ।
जब सम्म समाज जागरूक हुदैन हामी कलिलो उमेरका सुनौलो भविष्यलाई आत्महत्याबाट रोक्न नसकिने उनको ठहर रहेको छ । त्यसैले सबै जना आ आफ्नो ठाउबाट जागौ र आजैदेखि आत्महत्यालाई निरुत्साहित पारौ समन्वय प्रमुख जि सि ले आग्रह गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी रमा आचार्यले अहिलेको अवस्थामा आत्महत्या भय अवस्थामा देखिएको बताइन्।
आत्महत्या यस जिल्लाको प्रमूख चुनौतीहरुमध्ये रहेको,यस चुनौतीलाई रोकथाम तथा न्यूनीकरण गर्नका निमित्त सम्पूर्ण निकायहरु एकजुट भएर अभियान संचालन गर्नु पर्ने आवश्यक्ता रहेको उनको भनाई छ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्रीराम भण्डारीले आत्महत्या हुने तीन फ्याक्टर शिक्षा,समाज र गोभर्नेन्स,गरिबी,बेरोजगारी रहेको उनले बताए ।
न्यूनीकरणमा यौटा पक्षप्रति मात्र केन्द्रित भएर सम्भव नहुने भन्दै अध्यक्ष भण्डारीले साझा प्रयत्न जरुरी हुने बताए ।
उनले तिनै तहका निकायले यस बिषयलाई गम्भिरताका साथ लिएर सचेतना जगाउनु पर्नेमा जोड दिएका छन ।
जिल्ला प्रहरी कार्यालयको तर्फबाट जिल्लामा आत्महत्याको अवस्थाबारे जानकारी गराइएको थियो भने,कार्यक्रममा स्वास्थ्य केन्द्रका चिकित्सकहरू डा. रीका रिजाल र डा.जया शिल्पकारले मानसिक रोगका कारण,निदान र उपचारबारे अवधारणा राखेका थिए । काठमाण्डौ विश्वविद्यालयका चिकित्सकहरूले मनोरोगको कारण,लक्षण र उपचारबारे उठेका प्रश्नहरूको जवाफ दिएका थिए।
प्रतिक्रिया राख्नुहोस्