प्युठानमा थप ७ जनामा कोरोना पुष्टि,संक्रमित कुल संख्या १९१ पुग्यो

प्युठानमा थप ७ जनामा कोरोना पुष्टि,संक्रमित कुल संख्या १९१ पुग्यो

 सीता बि. क

प्युठान। प्युठानमा बिहिबार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितहरुमध्ये ऐरावती गाउँपालिकाका १८ देखी ५० उमेर समुहका २ महिला र ५ पुरुष गरी जम्मा ७ जना रहेको स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्सन पुस्कल श्रेष्ठले बताए ।प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा गरिएको परिक्षणमा बिहीवार ७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।यससँगै जिल्लामा संक्रमितको कुल संख्या १९१ जना पुगेको छ ।

जिल्लामा अहिले सम्म दुई जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय प्युठानले बताएको हो।