प्यूठान,सुनचाँदी व्यवसायमा सरकारले लगाएको करको बिरोधमा ब्यबसायीले गरेको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघए ऐक्यबद्वता जनाएको छ।
आन्दोलनमा ऐक्यबद्वता जनाउदै राजश्व संकलनको नाममा व्यवसायीहरुलाई निरुत्साहित गर्ने गरी लिईएको नीति प्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘प्यूठान जिल्ला तथा देशका सवै सुनचाँदी व्यवसायीहरु आफ्नो व्यवसाय बन्द गरी शान्तिपूर्ण आन्दोलनमा रहेको हुँदा सुनचाँदी व्यवसायीहरुको जायज मागहरुलाई सम्बोधन गरी वार्ता र संवादको माध्यमबाट सवै व्यवसायीहरुलाई आफ्नो व्यवसाय निर्वाधरुपमा संचालन गर्ने र गराउने वातावरण सृजना गर्न नेपाल सरकार सँग प्यूठान उद्योग वाणिज्य संघ हार्दिक अपिल गर्दछ ।’ प्रेस विज्ञप्तीमा भनिएको छ ।
प्रेस विज्ञप्ती
नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमा सुनचाँदी व्यवसायमा लगाएको करको बिरोधमा प्यूठान जिल्ला लगाएत देश भरका सुनचाँदी व्यवसायीहरु तथा सुनचाँदी व्यवसायी संगठनहरु शान्तिपूर्ण आन्दोलनमा रहेको हुँदा उक्त आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको एक्यबद्वता रहेको छ।विभिन्न बैंक तथा वित्तिय संस्थाहरुबाट कर्जा लिई चर्को व्याजदर तिरी व्यवसाय संचालन गरेका व्यवसायीहरुको आर्थिक मन्दीका कारण बैंक तथा वित्तिय संस्थाहरुको व्याज समेत तिर्न नसकेको यस विषम परिस्थितिमा राजश्व संकलनको नाममा व्यवसायीहरुलाई निरुत्साहित गर्ने गरी लिईएको नीति प्रति प्यूठान उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ।प्यूठान जिल्ला तथा देशका सबै सुनचाँदी व्यवसायीहरु आफ्नो व्यवसाय बन्द गरी शान्तिपूर्ण आन्दोलनमा रहेको हुँदा सुनचाँदी व्यवसायीहरुको जायज मागहरुलाई सम्बोधन गरी वार्ता र संवादको माध्यमबाट सवै व्यवसायीहरुलाई आफ्नो व्यवसाय निर्वाधरुपमा संचालन गर्ने र गराउने वातावरण सृजना गर्न नेपाल सरकार सँग प्यूठान उद्योग वाणिज्य संघ हार्दिक अपिल गर्दछ ।
प्रतिक्रिया राख्नुहोस्