सीता बि. क
प्युठान,पत्रकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल पत्रकार महासंघ प्युठान शाखाले २०औँ स्थापना दिवस मनाउन थालेको छ ।
स्थापना दिवसको अवसरमा महासंघले मङ्गलबार विभिन्न कार्यक्रम गर्दैछ।
महासंघको जिल्ला कार्यलयमा सम्मान कार्यक्रम आयोजना हुँदैछ। नेपाल पत्रकार महासघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलको प्रमुख आतिथ्यमा दिउँसो ११ बजे महासंघका पूर्व अध्यक्ष हरूलाई सम्मान गर्ने,स्मारिका बिमोचन लगायतका कार्यक्रम रहेको महासंघका सचिव बिजयसिह भारतीले जानकारी दिनुभयो।२०५८ साल असोज २० गते महासंघको स्थापना भएको हो।
महासंघको स्थापना दिवसका अवसरमा महासघका अध्यक्ष महाबिर रानाले प्युठान जिल्लामा रहेका महासंघका सदस्यसहित विभिन्न मिडियामा आबद्ध सञ्चारकर्मीका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई शुभकामना दिनुभएको छ।
नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको गौरवपूर्ण इतिहासप्रति गौरव भएको उहाँको भनाई छ।
प्रतिक्रिया राख्नुहोस्