स्व: आमा भवानी के.सि को स्मृतिमा छोराछोरीबाट  बेसहारा परिवारलाई आर्थिक सहयोग

स्व: आमा भवानी के.सि को स्मृतिमा छोराछोरीबाट  बेसहारा परिवारलाई आर्थिक सहयोग

सीता बि.क
प्युठान,केही दिन अघि छोरा गुमाएर बेसहारा बनेको प्युठान नगरपालिका-९ मरन्ठाना बेवरे निवासी सुनार परिबारलाई आर्थिक सहयोग जुटेको छ।
लामो समय पहिले आफ्नो श्रीमान गुमाएको सबै सन्तान अपाङ्ग,पारिबारिक गुजरा गर्न कठिनाई हुने बाध्यता झेलिरहेका ललिता सुनारको छोरा रुमलाल सुनारको मृत्यु भएको थियो। उक्त परिबारको दयनिय अबस्था सम्बन्धिको समाचार पैरवी अनलाइनमा प्रकाशित भएपछि परिबारमा सहयोग गर्ने हातहरु आगाडी बढेका हुन।
मङ्गलबार सहाराबिहिन सुनार परिबारलाई प्युठान नगरपालिका १० निवासि संविधान शभा सदस्य दिपक के सि को पत्नी  स्व: भवानी के.सि को सम्झनामा छोरा विश्व के सि,बुहारी पुर्णिमा के.सि,छोरीहरु पबिता के.सि र विमला के.सि ले संयुक्त रुपमा उक्त परिबारलाई २१ हजार १ सय १ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो।
उक्त रकम पैरवी अनलाइन डटकमका सम्पादक राम बहादुर बिश्वकर्माले घरमै पुगि स्व: रुमलाल सुनारको आमा ललिता सुनारलाई हस्तान्तरण गर्नुभएको थियो।रकम ग्रहण गर्दै सुनारले हाम्रो परिबारका लागि स्व:भवानी मेडामले परिबारले हरबखत सहयोग,सल्लाह सुझाव दिदै आउनुभएको सधै सम्झी रहन्छु अहिले छोरो गुमाएको दुखद घडिमा उहाँको छोरा,छोरी बुहारीहरुले प्रदान गर्नुभएको सहयोग प्रती धन्यवाद समेत व्यक्त गर्नुभयो। 
हामी सानो छ्दा स्व:आमाले समय समयमा उक्त परिबारका सदस्य गर्नुभएको भेटघाट,सहयोग अहिले पनि स्मरण हुने गरेको तर रोजगारीको सिलसिलामा टाढा हुनुपर्ने बाध्यताले आफूहरुलाई सहयोग गर्न उपयुक्त समय नमिलिरहेको समयमा पैरवी अनलाइनमा प्रकासित गरिएको समाचार बाट प्रभावित भई मृतक परिबारलाइ थोरै भएपनी मृतक परिबारलाई मलमपट्टिमा सहयोग मिलोस भन्ने उद्देश्यले आफुहरुले सहयोग गरिएको छोरी पबिता के.सि ले बताउनुभयो।
मानवता र समाजिक उत्तरदायित्व अन्तर्गत आफुहरुले आगामी दिनहरूमा पनि अन्य दु:खी, असहाय, पीडितलाई सहयोग गर्न सदैव तत्पर रहने के सि ले प्रतिबद्धता जाहेर गर्नुभयो।