प्रेस सेन्टर प्युठान हाक्ने जिम्मेवारी पौडेललाई

सीता बि.क
प्युठान,प्रेस सेन्टर प्युठानको अध्यक्षमा यादव पौडेल चयन हुनुभएको छ।प्रेस सेन्टर नेपालको चौथो जिल्ला अधिबेशनबाट पत्रकार यादव पौडेललाई सर्वसम्मत चयन गरिएको हो। 
मङ्गलवार जिल्लामा सम्पन्न अधिबेशनले उपाध्यक्षमा रमेश गिरी,महिला उपाध्यक्ष राधिका भुसाल,सचिवमा केसर सुनार,सहसचिवमा गन वहादुर पेस्तोल,कोषाध्यक्षमा सन्तोष सुनार चयन भएका छन।त्यस्तै अधिबेशनले पदम बहादुर के.सी,पशुपति न्यौपाने,सिपि पौडेल,तेजेन्द्र परियार,बिबश जिएम,सूचना पोखेल सदस्य,भूवन वि.क लाई सदस्यमा चयन गरिएको हो।
प्युठानको जुम्रीमा सम्पन्न अधिबेशनको उद्घाटन कार्यक्रममा माओबादी केन्द्रका जिल्ला इन्चार्ज नारायण अधिकारीले प्रेस सेन्टर जनताको पक्षमा अझ क्रान्तिकारी भएर अगाडि बढ्न सुझाव दिए । 
उनले पद ठूलो नभई सत्य पत्रकारिता र विचार ठूलो भएकाले संगठनमा एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। 
प्रेस सेन्टरका नवनिर्वाचित जिल्ला अध्यक्ष यादव पौडेलले आफुलाई सर्वसम्मत नेतृत्व दिने संगठनका सवै साथीहरुलाई धन्यवाद दिँदै गलत,वेतिथिका विरुद्ध आफ्नो कलम सधै चलिरहने बताए। उनले काम गर्ने सिलसिलामा सवैको साथ सहयोग आवश्यक रहनेमा जोड दिए।