माओबादी लाई सरकारमा जान हतार छैन,अहिले पार्टी ‘मिसन २०८४’ केन्द्रित छ : पुन 

माओबादी लाई सरकारमा जान हतार छैन,अहिले पार्टी ‘मिसन २०८४’ केन्द्रित छ : पुन 

सीता बि.क
प्युठान,नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आफूहरूलाई सरकारमा जान हतारो नभएको बताएका छन्।पार्टी सम्बद्ध प्रेस सेन्टर नेपाल द्वारा जुम्रीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सोमबार उनले वर्तमान सरकारले भ्रष्टाचारी र राज्यदोहनमा संलग्नलाई संरक्षण गर्ने नीति लिएको आरोप लगाए।
“हामीलाई सरकारमा जान कुनै हतारो छैन,पार्टिले सरकार परिबर्तनमा चियो चर्चो नै गरेको छैन,पार्टी अहिले मिसन ८४ मा केन्द्रित छ।तर,सुरुआत भएका राम्रा कामको निरन्तरताका लागि सरकारलाई खबरदार गर्न चाहन्छौँ,”उनले भने,“सुशासन र समृद्धिको यात्रामा काम गर्दा सरकारलाई साथ दिन चाहन्छौँ।भ्रष्टाचारीलाई संरक्षण गरिए संसद र जनताका बीचमा रहेर खबरदारी गर्छौँ।”
मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले सुशासनको अभियानलाई अनियमितता,राज्यदोहन र सरकारी सम्पत्ति कब्जा गरेर मोज गरिरहेका मानिसहरूले मन पराएनन्,”पुनले भने,“म यो सरकारलाई भन्न चाहन्छु- हरेक भ्रष्टाचारका मुद्दा,सहकारी काण्ड लगायतका मुद्दालाई निष्पक्ष तरिकाले अगाडी बढाओस।”
अर्थमन्त्रीमा रहदा प्युठान जिल्लाको बिकासमा खासै ध्यान पुगेन नी ?भन्ने पत्रकारको  प्रश्नमा पुनले  आफुलाई त्यतिबेला अर्थ मन्त्रालयको जिम्मेवारी रहेको र भौतिक मन्त्रालय सङ्ग राम्रो सम्बन्ध नभएकोले प्युठान जिल्लामा प्रयाप्त बजेट पार्न नसकीएको जवाफ दिए।
प्रेस सेन्टर जिल्ला समन्वय समितिका संयोजक टिकाराम पोख्रेलको अध्यक्षता बाट सुरु भएको कार्यक्रममा माओबादी केन्द्रमा विभिन्न नेता,विभिन्न भात्री सङ्गठनका प्रमुख तथा प्रतिनिधि र पत्रकार उपस्थित कार्यक्रमको सन्चालन प्रेस सेन्टर नेपाल प्युठान इन्चार्ज हरिप्रसाद भण्डारीले गरेका थिए।