सीता बि.क
प्यूठान,प्रतिनिधिसभा सदस्य एवम् नेकपा (एमाले) का प्रभावशाली नेता सुर्य थापाले सञ्चार क्षेत्रलाई सरकारको आलोचना गर्न छुट रहेको तर आलोचना गर्दा तथ्यको आधारमा गर्न आग्रह गर्नुभएको छ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र प्यूठान शाखाबीच आज जुम्रीमा आयोजित परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बाेल्दै उहाँले उहाँले संचार क्षेत्रलाई पूर्ण स्वतन्त्रता दिइएकाले तथ्यको आधारमा आलोचना गर्न आग्रह गर्नुभएको हो।
थापाले स्वतन्त्रताको नाममा सामाजिक सञ्जालको दुरुपयोग भइरहेकामा चासो व्यक्त गर्दै यस्तो गतिविधि रोक्न सरकारले ठोस कदम चाल्ने संकेत दिनुभयो।उहाँले सामाजिक सञ्जालले सूचनाको आदानप्रदान र अभिव्यक्ति स्वतन्त्रतालाई अघि बढाएको भए पनि यसलाई व्यवस्थित र जिम्मेवार बनाउन कानुन आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।
थापाले कुनै पनि घटनामा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दा विचार गर्नुपर्ने बताउदै
सामाजिक सञ्जालमा आएका सबै कुरा सत्य हुदैनन् पत्रकारले विश्वसनीयता र सबैले पत्याउने ढङ्गले असल पत्रकारिता गर्नुपर्ने उहाँको भनाई छ।
उहाँका अनुसार सामाजिक सञ्जाललाई व्यवस्थित बनाउनुपर्ने र यसको दुरुपयोग रोक्न कानुन बनाउने प्रक्रिया सुरु भइसकेको छ।
नेता थापाले शिक्षा,पत्रकारिता र सामाजिक सञ्जालको सन्तुलनमा जोड दिनुभएको थियो।समाज रुपान्तरण र देशको समृद्धिका लागि शिक्षक जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
उहाँले सार्वजनिक शिक्षा अस्तव्यस्त रहेको र यसलाई सुधार्न शिक्षकहरूले मर्यादामा रही कर्तव्य पालन गर्नुपर्ने धारणा राख्नुभयो । साथै प्युठानको विकास र समृद्धि शिक्षाको सुधारमा निर्भर हुने बताउँदै केही राम्रा शिक्षकहरूको प्रशंसा समेत गर्नुभयो ।
हाम्रो शिक्षा व्यक्तिको व्यक्तित्व विकासका साथै समाजको उन्नति,प्रगति,परिवर्तन र विकाससँग जोडिएको हुनुपर्दछ।उहाँले भन्नुभयो -" शिक्षाको सुधारले मात्रै जिल्ला र समाजको परिवर्तन सम्भव छ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईँले मिडियालाई सामाजिक न्याय र विकासको पक्षमा उभ्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाल पत्रकार महासंघको भर्खर निर्बाचनमा बिजय बिजय गराउन सहयोग गर्ने सम्पुर्ण लाई धन्यवाद दिदै चौलागाईंले आफ्नो कार्यकालमा प्रदेश शाखालाई थप सुदृढीकरणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै सबै क्षेत्र बाट सल्लाह सुझावको आबश्यक रहेको बताउनुभयो ।
त्यस्तै प्यूठान शाखाका अध्यक्ष श्रीराम भण्डारीले जिल्ला स्थित पत्रकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,श्रमजीवी पत्रकारको हकहित,पत्रकारिता क्षेत्रको संस्थागत विकास र सञ्चार माध्यम सबलीकरणका लागि दृढतापूर्वक कार्य गर्ने,जिल्लाको पत्रकारितालाई व्यवस्थित गर्न,सञ्चार माध्यमको दिगोपना तथा श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका विषयमा जिम्मेवार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।प्यूठान शाखा अध्यक्ष श्रीराम भण्डारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन सचिव वासुदेव गिरीले गर्नुभएको थियाे ।
प्रतिक्रिया राख्नुहोस्