सीता बि.क
प्युठान,प्युठानका ९ स्थानीय तहमध्ये कार्यपालिका बैठकको निर्णय निममित रुपमा सार्वजनिक गर्नेमा सरुमारानी गाउँपालिका मात्रै परेको छ।अन्य ८ वटा पालिकाले कार्यपालिका बैठकको निर्णय नियमित रुपमा सार्वजनिक गर्ने गरेका छैनन्।
लुम्बिनी प्रदेश कार्यालय बाट जिल्लाको सबैभन्दा नजिक पर्ने स्थानीय तह सरुमारानी गाउँपालिकाले मात्रै कार्यपालिका निर्णय नियमितरुपमा सार्वजनिक गर्दै आएको हो।स्थानीय तहले हरेक महिना कार्यपालिका बैठक बसेर निर्णय सार्वजनिक गर्नुपर्छ।
सरुमारानी गाउँपालेकाले वडा नं ४ का वडाध्यक्ष चिन्त सोमैलाई पालिकाको प्रवक्ता तोकेको छ।गाउँ कार्यपालिका कार्यसम्पादन निमावली २०७४ को दफा १७ मा प्रवक्ता तथा सूचना अधिकारी तोक्ने कुरा उल्लेख छ।यसै अनुसार उनलाई गाउँपालिकाले प्रवक्ता तोकेको हो।सरुमारानीमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि हरेक महिना भएको कार्यपालिका बैठकको सबै निर्णय सार्वजनिक भएको छ।उनले पालिकामा भए गरेका कामकारबाहीको जानकारीका लागि अर्थात नागरिकलाई सूचना प्रवाह गर्न सजिलोका लागि नेतृत्वले आफूलाई प्रवक्ता चयन गरेको बताए।उनले गाउँपालिकाभित्र प्रवक्ताले खेल्नुपर्ने भूमिका जनप्रतिनिधिको नेतृत्व र गाउँपालिका कर्मचारीको नेतृत्वले चासो दिएका कारण प्रवक्ताको भूमिका अनुसार काम गर्न सकिएको बताए।उनका अनुसार कार्यपालिकाका निर्णयहरु मात्रै होइन,गाउँसभा र गाउँपालिकाका अन्य गतिविधिहरु समेत नियमित सामाजिक संजालमा सार्बजनिक गरिएको छ।
नागरिकप्रतिको जवाफदेहिता र पारदर्शिताका लागि स्थानीय तहले गरेका कामकारबाही सार्वजनिक गर्न सरकारले सबै स्थानीय तहको वेबसाइट बनाइदिएकोछ।स्थानीय सरकारले कार्यपालिकामा भएका निर्णय तथा स्थानीय तहमा भए गरेका काम-कारबाही सार्वजनिक गर्नुपर्ने भए पनि जिल्लाका अधिकांश स्थानीय तहले कार्यपालिकामा भएका निर्णय सार्वजनिक गर्ने गरेका छैनन्।केहीले निर्णय सार्वजनिक नगरे पनि केही स्थानिय सरकारले आफ्नो बेवसाइटमा राख्ने गरेका थिए।अहिले त्यो चलन पनि हटेको छ ।स्थानीय तहले गरेका नीति-निर्णय सार्वजनिक गर्नुपर्ने व्यवस्था भए पनि नागरिकले पाउनुपर्ने सूचनाबाट बञ्चित हुँदै आएका छन् ।प्रवक्ताको काम स्थानीय सरकारले गरेका काम–कारबाहीको आम स्थानीयवासीलाई जानकारी गराउने भए पनि जिल्लाका अन्य स्थानीय तहले प्रवक्ताको भूमिका प्रष्ट पार्न सकेका छैनन् ।
प्रतिक्रिया राख्नुहोस्