बाल बिध्या मा.बि मा रहेका स्वामिको बिरुवामा अज्ञात समूह द्वारा क्षती 

बाल बिध्या मा.बि मा रहेका स्वामिको बिरुवामा अज्ञात समूह द्वारा क्षती 

 

राम बहादुर बिश्वकर्मा 
प्युठान,प्युठान नगरपालिका वडा नम्बर-९ मरन्ठाना स्थित बाल बिध्या मा बि को हातामा रहेको स्वामिको बोटमा क्षति भएको छ । गएराति अज्ञात समुहद्धारा विद्यालयको प्राङ्गणमा रहेको कलकलाउदो स्वामिको बोटको हागा भचिएको हो।
बिध्यालयका प्र अ केशु गिरीका अनुसार बिध्यालयको प्राङ्गणमा संरक्षण गरिएको स्वामीको बोटको हागा भाचिएको छ।
सार्वजनिक सम्पत्ति तथा विद्यालयमा तोडफोड भएको घटना निन्दनीय भएकाले घटनामा संलग्नहरूको पहिचान गरी कारबाहीका लागि प्रहरीमा उजुरी दिएको बिध्यालयका प्र.अ  गिरी ले बताउनु भयो ।
बिध्यालयको प्राङ्गणमा भएको स्वामिको बिरुवा नष्ट भएको फोनमार्फत जानकारी  प्राप्त भएकोले प्रहरी  परिचालन गरी घटनाका संलग्न व्यक्तिहरुको खोजी कार्य  भइरहेको प्रहरी चौकी मरन्ठानाका प्रहरी चौकी ह्वल्दार वसन्त खड्काले बताउनु भयो ।
घटना रातको समयमा भएको र घटनाको स्थलगत अनुसन्धान गरी आवस्यक विवरण संकलन गरिएको बताइएएको छ ।