राम बहादुर बिश्वकर्मा
प्युठान,नागरिकको सुरक्षा तथा आपराधिक गतिविधि नियन्त्रणमा केन्द्रित भइरहने नेपाल प्रहरीको सक्रियता जनचेतना प्रवाहमा पनि वृद्धि हुँदै गएको छ।
जनतासँग हातेमालो गर्दै आएको जिल्ला प्रहरी कार्यालय प्युठानले विद्यार्थीलाई समेत पढाउन थालेको छ ।
महिला हिंसा,बाल दुव्र्यवहार,मानव बेचबिखन लगायतका विषयमा प्रहरीले विद्यालयमा पुगेर विद्यार्थीलाई जानकारी दिइरहेको छ।
प्युठान नगरपालिका वडा नम्बर ९ स्थित बाल बिध्या माध्यमिक विद्यालयमा जिल्ला प्रहरी कार्यालय प्युठानले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विद्यालयका कक्षा ८ देखि १० सम्मका १२० जना विद्यार्थीलाई पढाएको छ।जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक इश्वर थापाले अपराध पहिचान तथा रोकथामका उपाय र व्यक्तिगत जिम्मेवारीको विषयमा चेतना दिइरहेको बताउनुभयो।
तस्बिर :आपाराधिक गतिविधि सम्बन्धि बिध्यार्थिलाई सचेत गराउदै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वर थापा
पछिल्लो समय साइबर अपराध पनि बढ्दै गएको र स्कूले बालबालिकाहरु यसको सिकार बढी हुनेगरेकोले पनि सामाजिक सञ्जाल र इन्टरनेट प्रयोग गर्दा सतर्क रहन थापाले विद्यार्थीहरुलाई सुझाव दिनुभयो।
केही वर्ष यता समाजमा यौन हिंसा,साइबर अपराध,लैङ्गिक हिंसा बाल बिबाह जस्ता अपराध बढिरहेको र यसको नियन्त्रणको भूमिकाका लागि विद्यार्थीहरूलाई सिकाएको उहाँले बताउनुभयो।
लैङ्गिक हिंसा,बाल दुर्ब्यवहार र मानव बेचबिखन,आधारभूत सुरक्षा,मादक पदार्थ र लागूपदार्थ दुव्र्यसनी,बाल बिबाह लगायतका घटनामा प्रहरीलाई खबर गर्ने अवस्था र १०० नम्बरको प्रयोगका विषयमा विद्यार्थीलाई जानकारी दिएको दिइएको छ।
टोलटोल र बिध्यालमा आएर प्रहरीले नागरिकसँगको सम्बन्ध सुधारका लागि आएर छलफल गर्ने गरेको प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के सि ले बताउनुभयो। गाउँमा घट्ने विभिन्न घट्ना सम्बन्धि गाउँकै मानिसले भनेको विश्वास मान्ने चलन नभएका कारण प्रहरी समेत आएर चेतना अभिबृद्धि गर्नु र सो कार्य गरे कानुले उल्लेख गरेका बारेमा जानकारी हुंदा समाजमा सकरात्मक प्रभाव परेको के सि को भनाई रहेको छ । जिल्ला प्रहरी कार्यालयले गरेको चेतना मुलक कार्यक्रमले समुदायमा जानकारी नभएको कुराहरु थाहा पाउने माध्यम भएको र महिला वालवालिका तथा अन्य सामाजिक भेदभावका घटनामा कमि ल्याउन मद्यत पुर्याएको प्युठान नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष लोक बहादुर के सि ले बताउनुयो।कार्यक्रम समापन समारोहमा बिध्यालयका प्र अ केशु गिरीले अहिलेको पुस्ता प्रविधिमा अघि बढेसँगै प्रविधिको दुरुपयोगमा समेत अग्रणी रहेकाले विद्यार्थीलाई लक्षित गरी साइबर अपराध लगायतका विविध बिषय बारे सचेतना जगाउनु अत्यन्त उपलब्धीमूलक भएको बताउनुभयो।
विगतका दिनमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको प्रहरीले उक्त कार्यक्रमलाई निरन्तरता दिदै बिध्यालयमा आएर यस्ता उपयोगी कार्यक्रम सञ्चालन गरेकोमा प्रहरीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।
प्रतिक्रिया राख्नुहोस्