बाल बिध्या मा.बि मा रहेका स्वामिको बिरुवामा अज्ञात समूह द्वारा क्षती 

बाल बिध्या मा.बि मा रहेका स्वामिको बिरुवामा अज्ञात समूह द्वारा क्षती 

राम बहादुर बिश्वकर्मा 
प्युठान,प्युठान नगरपालिका वडा नम्बर-९ मरन्ठाना स्थित बाल बिध्या मा बि को हातामा रहेको स्वामिको बोटमा क्षति भएको छ । गएराति अज्ञात समुहद्धारा विद्यालयको प्राङ्गणमा रहेको कलकलाउदो स्वामिको बोटको हागा भचिएको हो।
बिध्यालयका प्र अ केशु गिरीका अनुसार बिध्यालयको प्राङ्गणमा संरक्षण गरिएको स्वामीको बोटको हागा भाचिएको छ।

तस्बिर : गयराती अज्ञात समुह द्वारा भाचिएका स्वामिको बिरुवा 


सार्वजनिक सम्पत्तिमा भएको घटना निन्दनीय भएकाले घटनामा संलग्नहरूको पहिचान गरी कारबाहीका लागि प्रहरीमा उजुरी दिएको बिध्यालयका प्र.अ  गिरी ले बताउनु भयो ।
बिध्यालयको प्राङ्गणमा भएको स्वामिको बिरुवा नष्ट भएको फोनमार्फत जानकारी  प्राप्त भएकोले प्रहरी परिचालन गरी घटनाका संलग्न व्यक्तिहरुको खोजी कार्य  भइरहेको प्रहरी चौकी मरन्ठानाका प्रहरी चौकी ह्वल्दार वसन्त खड्काले बताउनु भयो ।
घटना रातको समयमा भएको र घटनाको स्थलगत अनुसन्धान गरी आवस्यक विवरण संकलन गरिएको बताइएएको छ ।