नेकपा एमाले अध्यक्ष केपि ओली २८ गते प्युठान आउदै : जिल्लाका विभिन्न स्थानमा सम्बोधन गर्ने

नेकपा एमाले अध्यक्ष केपि ओली २८ गते प्युठान आउदै : जिल्लाका विभिन्न स्थानमा सम्बोधन गर्ने

सीता बि.क
प्युठान,नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्युठान आउनुहुने भएको छ।
उहाँ नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घघाटन गर्न अध्यक्ष ओली असाेज २८ गते घटस्थापनाका दिन प्युठान आउन लाग्नुभएको एमाले नेता एवं सांसद सूर्य थापाले जानकारी दिनुभयो।
सांसद सूर्य थापाका अनुसार अध्यक्ष ओलीले असाेज २८ गते बिहान स्वर्गद्वारी आश्रम मन्दिरमा दर्शन र पूजाआजामा सरिक हुने कार्यक्रम तय भएको छ।
त्यसपछि प्युठानीहरूसँग आयुष्मा होटल बिजुवारमा भेटघाट तथा सम्बोधन गर्नुहुनेछ।त्यस पश्चात बाहनेमा नौबहिनी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुहुनेछ।
यस अघि असोज १६ गते  खराब मौसमका कारण ओली प्युठान आउने कार्यक्रम स्थगित गरिएको थियो।