जुम्री बसपार्कको ढलान कार्य शुरु,अब यात्रुले धुलो र हिलोको समस्या झेल्नुपर्ने छैन :  वडा अध्यक्ष श्रेष्ठ 

जुम्री बसपार्कको ढलान कार्य शुरु,अब यात्रुले धुलो र हिलोको समस्या झेल्नुपर्ने छैन :  वडा अध्यक्ष श्रेष्ठ 

राम बहादुर बिश्वकर्मा
प्युठान,डोजर लगाएर बसपार्क खार्न शुरु भएको छ।बिहीवार बिहान बाट प्युठान नगरपालिका वडा नम्बर ३ स्थित जुमृ बसपार्क लाई पक्कि गर्ने काम थालिएको हो। श्रीधि निर्माण  सेवा कम्पनीले ढलान कार्य शुरु गरेको छ ।
काम थाल्नका लागि बिहिवार प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा प्युठान नगरपालिकाका नगर  प्रबक्ता सुमन श्रेष्ठको विशेष उपस्थितिमा निर्माण कार्य  शुरु गरिएको हो।जिल्लाकै पहिलो तथा जिल्ला स्तरीय बसपार्क बर्षामा हिलाे तथा अन्य समयमा धुलाे उड्ने भए पछि साे कार्य लागि कम गर्न तथा सफा सुन्दर नगरी बनाउने अभियान अन्तर्गत बसपार्क ढलाईका लागि प्रदेश सरकार बाट १४ लाख बिनियोजन भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार "२०७९ जेष्ठ महिनामा १० लाख लाइट, पर्खाल लगायतका बिनियोजन भएको हो। यही  आर्थिक बर्ष भित्रै काम सक्ने योजनाको लक्ष्य छ।
यस पटक खार्ने, ढुंगा विच्छाउने र शरिया हालेर ढलान गर्ने काम हुने छ।नरोकिएर सरासर काम टुंग्याने निर्माण कम्पनीले बचन दिएको छ । बिगतमा आफुले बसपार्क ब्यबस्थापन समितिको नेतृत्व लिदै गर्दा बसपार्क ढलाईका लागि  विभिन्न निकाय सङ्ग अनबरत रुपमा माग गरिएको थियो अब जुम्री बसपार्क बाट यात्रुले धुलोको समस्या झेल्नुपर्ने छैन।"

आफ्नै कार्यकालमा अमिट काम गर्ने वडा अध्यक्ष सुमन श्रेष्ठको अठोट छ । यस क्षेत्रमा नमुना बसपार्क निर्माण कार्य गर्नसके भावि राजनीतिक यात्रा सहज हुने श्रेष्ठले आशा गर्नुभएको छ। त्यसैले पनि दिलो ज्यान दिएर बसपार्क सुधारमा लाग्नुभएको छ। 
स्थानियबासी र बसपार्क ब्यबस्थापन समितिको मागलाइ वडा कार्यालयले महत्त्वका साथ प्रदेश सरकारमा बजेट माग गरेको उहाँको भनाई छ।
आफु निर्वाचित भएको ८ महिनाको अबधिमा लुम्बिनी प्रदेश सरकार बाट २४ लाख बजेट परेको छ।बसपार्कका बासिन्दाको सरसफाइ र अन्य कार्यमा श्रेष्ठको सकृयता उत्तिकै रहने गर्दछ। श्रेष्ठको यस्तै मधुर भावनाले केन्द्र र प्रदेशमा योजना पार्न मद्धत गर्छन् । त्यसरी विर्सन नसकिने वडा अध्यक्षको रुपमा परिचित भएको स्थानियले बताउछन् । बसपार्क पक्कि हुनमा तिनको ठुलो हात भएको मान्छन् ।
जुम्री बसपार्क व्यवस्थित गर्न अध्यक्ष श्रेष्ठ निरन्तर लाग्नुभएको थियो। त्यहि सपना पुरा हुने चरण शुरु भएको श्रेष्ठ बताउनु हुन्छ।