माण्डवी गाउँपालिका अध्यक्ष अधिकारी द्वारा बिध्यालय अनुगमन 

माण्डवी गाउँपालिका अध्यक्ष अधिकारी द्वारा बिध्यालय अनुगमन 

प्युठान,माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोसन)ले माण्डवी मा.वि नयाँगाउ प्युठानको अनुगमन गर्नुभएको छ।
बिद्यालयको कक्षा कोठाको अबस्था बिद्यार्थीको अबस्था,प्रारम्भिक कक्षा सिकाइ कार्यक्रमको उपलब्धी,बिध्यार्थीको सिकाइ उपलब्धि र बिद्यालायका विविध आवश्यक्ताको बिषयमा अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा उहाँले शिक्षक,बिद्यार्थी र अभिबावकको सहकार्य बाट शिक्षामा परिवर्तन ल्याउन सकिने बताउनु भयो। उहाँले सरकारले शिक्षामा गरेको लगानी अनुसार विद्यार्थीको रिजल्टमा गम्भीर रहन शिक्षकहरुलाई निर्देशन दिनु भयो । बिध्यालय र अभिभावक संगको सम्बन्ध लाई शिक्षक सिक्षिकाहरु ले प्रगाढ बनाउदै लैजानु पर्ने र बिद्यार्थि को संख्या मा बृदी गर्न सरकारी बिद्यालय मा अहिले भैरहेको शैक्षिक सुधारका कामहरु को वारेमा अभिभावक लाई अवगत गराउन समेत अनुरोध गर्नु भएको छ ।
यसै गरि उहाँले आपतकालीन सेवा केन्द्रको माण्डवी प्युठानको पनि अबलोकन गर्नु भएको छ। अबलोकन पछी उहाँले सेबा केन्दको कार्यलाइ प्रभावकारी बनाउन आग्रह गर्दै आबस्यक सहयोग गर्न गाउँपालिका सधैं सकारात्मक रहेको पनि बताउनु भएको छ ।अनुगमनमा वडा.न-३का वडा अध्यक्ष धनेन्द्र कार्की,लगायत स्थानीयहरुको पनि सहभागिता रहेको थियो ।