राम बहादुर बिश्वकर्मा
प्युठान,मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने,पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्छन्। तर एक युवाले आफ्नो जन्मदिनको अवसरमा विपन्न बिरामीलाई खाध्यबस्तु सहयोग गरेर एक उदाहरणीय काम गरेका छन् ।
मङ्गलबार फाल्गुन ९ गते जन्मदिन परेका प्युठान नगरपालिका बडा नं ४ निवासी युवा ब्यबसायी सुर्यचन्द्र खनालले आफ्नो ३४ औं जन्मदिनको अवसर पारेर बिपन्न परिबारलाई दैनिक उपभोग्य बस्तु प्रदान गरेका छन्।
प्युठान नगरपालिका वडा नम्बर ४ खानिखोला निवासी छमी सुनारको घरपरिवार लाई चामल,तेल,नुन दाल लगायतका दैनिक उपभोग्य सामाग्री सहयोग गरेका हुन् ।
जन्मदिन उत्सव हो मनाउनु पर्दछ,तर जन्मदिन मनाउने नाममा पार्टी गरेर पैसा खर्च गर्नु भन्दा जन्मदिनलाई परोपकारी कार्य र सामाजिक कार्यलाई जोड्न सकियो भने त्यो भन्दा ठूलो महान कार्य अरु हुन नसक्ने उनले बताए । जन्मदिनलाई सधैं अविश्मरणिय बनाउनका लागि परोपकारी कार्यलाई बढवा दिन जरुरी रहेको उनको भनाई रहेको छ ।
चर्चामा आउन आफुले यसो नगरेको भन्दै उनले थपे"थोरै भएपनी खाद्यान्न सहयोग गर्न पाउदा खुशी छु।"
सामाग्री सहयोग पाए पछि खुशी हुँदै सुनारले भनिन-"यो सहयोगले आफूलाई ठूलो सहयोग हुने बताइन्।
हार्डवर ब्यबसायी संघ प्युठानका महासचिव समेत रहेका खनालले विभिन्न समयमा सामाजिक क्षेत्रमा योगदान गर्दै आएका छन् ।
प्रतिक्रिया राख्नुहोस्