राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुन ४ देखि १४ सम्म गणतान्त्रिक खेलमैदान बिजुवारमा आयोजना गरिने प्रदेश स्तरीय स्वर्गद्वारी प्युठान पाचौं महोत्सव २०७९ लाई सफल बनाउन संघले बिभिन्न सरोकारवालासँगको सरसल्लाह तथा छलफललाई अगाडि बढाएको छ।
महोत्सवलाई कसरी ब्यबस्थित बनाउन सकिन्छ भन्ने बिषयमा बिहिवार जुम्रीमा पहिलो पटक सर्वपक्षीय भेला गरि स्थानीय सरकार,राजनीतिक दल,पत्रकार,संघ सस्था र सरकारी कार्यालयका प्रमुख सँग संघले छलफल गरेको हो ।
प्रदेश स्तरिय स्वर्गद्वारी प्युठान महोत्सव–२०७९ लाई सफल बनाउन प्युठानका स्थानीय निकाय,राजनीतिक दल,पत्रकार,सरकारी कार्यालय संघ सस्थाका प्रमुखसँगको छलफलमा सबै पक्ष सकारात्मक देखिएको बताइएको छ । प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक पशुपति नकर्मिको अध्यक्षतामा बुधबार भेला सम्पन्न भएको हो । छलफलका क्रममा राजनीतिक दल र सरकारी कार्यालयका प्रमुखलाई अध्यक्ष नकर्मिले महोत्सव आयोजनाको औचित्य र तयारीका बारेमा जानकारी गराएका थिए ।
यसैबीच आन्तरीक उत्पादनको पर्बधन र प्रोत्साहन गर्ने गरि महोत्सव सन्चालन गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन। 
आम्दानी बाहिर पठाउने नभई भित्राउने गरि महोत्सव सन्चालन गर्न आग्रह गर्दै महोत्सवमा स्थानीय किसानले उत्पादन गरेका बस्तु तथा स्थानीय उद्यमीका उत्पादन राखिनु पर्नेमा उनिहरुले जोड दिएका हुन।
संघका अध्यक्ष नकर्मिले राजनीतिक दल र सरकारी निकायका प्रमुखबाट महोत्सव सफल पार्न सहयोगी भूमिका खेल्ने प्रतिवद्धता पाएको बताए । महोत्सवमा कृषि,घरेलु तथा साना उद्योग जस्ता कार्यालयले महोत्सवमा स्टल राख्ने भएका छन् ।
११ दिन सम्म लाग्ने महोत्सवमा लुम्प्को आर्थिक,सामाजिक,साँस्कृतिक,शैक्षिक,कृषि,उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिईएको छ । त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संभावनाहरु बोकेको प्युठान जिल्लाको औद्योगिक,पर्यटकीय,कृषिजन्य,उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबर्धन र प्रचार–प्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको ठहर गरिएको छ ।
प्रदेश स्तरीय पाचौं कृषि पर्यटन औद्योगीक तथा व्यापारीक महोत्सवमा जिल्लाको ऐतिहासिक कला, संंस्कृति र भाषा सहितको झाँकी प्रदर्शन गरिने अपेक्षा गरिएको छ । यस्तै ११ दिन सम्म संचालन हुने महोत्सवमा १ लाख भन्दा बढी दर्शकहरुले अवलोकल गर्ने र ८ करोड बराबरको कारोवार हुने अनुमान गरिएको छ । महोत्सवमा जिल्लाका स्थानीय तह स्तरीय सास्कृतिक लगायत विभिन्न खालका प्रतियोगिताहरुको समेत प्रतिस्पर्धा गराईने आयोजकले बताएको छ ।
प्युठानको समग्र पर्यटन र प्रवर्धन विकासका लागि हस्तकला प्रदर्शनी,कृषि प्रदर्शनी लगायत अन्य थुप्रै आकर्षणहरु महोत्सवका मुख्य आकर्षणका केन्द्रहरु रहने छन्।महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय,राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
छलफलमा प्रमुख अतिथी लुम्बिनी प्रदेश शभाषद तुल्सिराम शर्मा,बिशेष अतिथी लुम्बिनी प्रदेश शभाषद धनलक्ष्मी श्रेष्ठ को उपस्थिति रहेको थियो।
प्रमुख अतिथी शर्माले जिल्लामा सन्चालित अहिलेसम्मका महोत्सवको समिक्षा गर्दै जति सक्दो स्थानीय उत्पादनलाई प्रबर्द्धनका लागि बिशेष ध्यान दिन आयोजकलाई आग्रह गरेका छ्न।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष बिजय बिराज बिष्ट,क्रान्तिकारी माओबादिका जिल्ला अध्यक्ष टिकाराम पौडेल,प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगि,उप प्रमुख देबेन्द्र बर्मा,मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का,उपाध्यक्ष रमेश श्रेष्ठ, गौमुखी गाउँ पालिका अध्यक्ष बिष्णु कुमार गिरी,माण्डबी गाउँपालिका उपाध्यक्ष पुर्ण कालाथोकी,प्युठान नगरपालिकाका सस्थापक नगर प्रमुख अर्जुनकुमार कक्षपति,प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठ जिल्लामा कृयाशिल सन्चारकर्मी लगायतको सहभागिता रहेको थियो । यस्तै सरकारी कार्यालयका तर्फबाट जिल्ला शिक्षा समन्वय इकाई,प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय,एकीकृत पशुपन्छी कृषि कार्यालय,स्वास्थ्य कार्यालय लगायतका कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो।
संघका वरिष्ठ उपाध्यक्ष प्रमोद पोख्रेलको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन महासचिव सन्देश आचार्यले गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्