सीता बि.क
प्युठान,दुर्घटनामा परि बुबाको मृत्युले छटपटिएको एक बिपन्न परिवार किरियामा बस्दा खाने एक मुठि अन्न पनि नभएपछि ठुलो पिडामा पिल्सिएको छ।
झिमरुक गाउँपालिका-३ बादिकोटका बसन्त सामत गौमुखी गाउँपालिका-२ अर्खा ठुलाचौर भिर बाट लडेर मृत्यु भएका सामतले बिहान मजदुरी गरी बेलुका परिवारका ६ सदस्यलाई दैनिक गुजारा चलाउन हम्मेहम्मे थियो नै त्यसैमाथी,परिवार पाल्ने अभिभावकको नै मृत्यु पछि अहिले त्यही बाबुको कृया गर्न समेत यो परिवारलाई समस्या भएको छ ४ दिन अगाडी आफ्नो श्रीमानको मृत्यु भएको र मृत्यु भएपछि दाहसंस्कार जसोतसो गरेपनि अहिले गरिबीका कारण खाने अन्न समेत नहुँदा निकै गाह्रो भएको कृयामा रहनुभएकी मृतकका श्रीमती ३० बर्षिय शुन्तली सामतले बताउनु भयो । मृतक सामतका एक श्रीमती छोराहरु प्रसान्त,गणेश र धन बहादुर सामत नाम गरेका छाेरा छन् ।
३ छोरा क्रमश: १२,९ र ६ वर्षका ३ बालक छोरा र आमा सहित परिवारका ४ सदस्य एउटा सानो झुपडीमा कृयामा बसेका छन् ।
अहिले ४ जना किरियामा छन् यो परिवारलाई रेखदेख गर्ने र हेरचाह गर्ने पनि कोही छैन्,त्यसै माथी अन्नको गेडो नहुदा श्रीमानको मृत्युको पिडा संगै अन्य धेरै पिडाले पोलिरहेको छ यिनिहरुलाई।
पाैष ३० गते दिउसाे १२ बजे घरबाट नजानुस भन्दा भन्दै जानुभएको थियो, मेरो सबथोक गयो आँखा भरी आशु झार्दै सामतकी श्रीमतिले भन्नुभयो -" मेराे काेहि छैन छाेरा छाेरि कसरि पाल्ने के खुवाएर पाल्ने म कसरी बाच्ने"
किरीयामा बस्दै गरेको यो बिपन्न परिवारलाई सहयोगी दाताहरु बाट केही नगद सहयोग भएको छ ।
झिमरुक गाउँ पालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले सुरु देखि नै सामत परिबार लाई आबश्यक सहयोग गरीराखेको र दाताहरु मार्फत पनि सहयोग भईराखेको पोख्रेल बताउनुहुन्छ । उपाध्यक्ष पोख्रेलले अन्य दाताहरुलाई पनि यो परिवारलाई सहयोग गर्न आग्रह गर्नु भएको छ ।
माघे सक्रान्तिको अबसरमा गाैमुिख दर्शन गर्न जादा अर्खा ठुलाचाैर नजिक भिरबाट लडेर सामत गम्भीर घाइते हुनुभएको थियो । स्थािनयले भिरबाट घाइते अबस्थामा निकालि तत्काल जिल्ला अस्पतालमा पुराउदा राति करिब साढे दस अस्पतालले बसन्तलाइ मृत घाेषणा गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्