राम बहादुर बिश्वकर्मा प्युठान,लगातार वर्षाको कारण मुलुकभरको विभिन्न स्थानमा बाढीले निकै धनजनको क्षति भयो।
बाढीले कयौंको मृत्यु हुनुको साथै कतिको घरगोठ सबै बगाएपछि मानिसहरु विस्थापित भएका छन् भने उनीहरुको उद्दार र राहतमा सरकारी पहल प्रभावकारी हुन सकेको छैन।
विपतको समयमा बाढी पीडितको गाँस,बास,कपास र सुरक्षा र स्वास्थ्यको उचित व्यवस्था गर्न सरकारलाई चौतर्फी रुपमा दवाव छ।
तर प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगर प्रबक्ता सुमन श्रेष्ठले बाढीपीडितको सहयोगका लागि वर्षा नभनी आफै बाढिपिडितको उद्वार गर्दै राहत लिएर बाढिपिडित कहाँ पुगेका छन।
अविरल वर्षाका कारण क्षती पुर्याएका विभिन्न स्थान र बिपत्तिमा परेका समुदायहरुको अनुगमन संगै उद्दार राहत सङ्गै आफै स्काभेटर लिएर खोला तर्काउने, जोखिममा रहेको घर तथा बस्तिको उद्दारमा खट्ने देखि आफै रुज्दै भिज्दै शव ब्यबस्थापन गर्ने काममा समेत खटिएका हुन् ।
उनले नगर भित्रका २,३ र ४ नम्बर वडाका बस्ती सम्म पुगेर बाढीपीडितको उद्दारमा आफैँ खटिए।

प्रतिक्रिया राख्नुहोस्