सीता बि.क
प्यूठान,पत्रकार आचार संहिता तथा निर्वाचन आचारसंहिता पालना गर्न नेपाल पत्रकार महासंघ प्यूठानले आग्रह गरेको छ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा पत्रकार तथा आमसञ्चार माध्यमले पालना गर्नु पर्ने पत्रकार आचारसंहिताका विषयमा आम सञ्चारकर्मीहरुलाई अवगत भए पनि पूर्ण रुपमा आचारसंहिता पालना गर्न एक बिज्ञप्ति जारी गर्दै जिल्लाका सञ्चारकर्मीहरुलाई आग्रह गरिएको हो।
“महासङ्घले सधैँ साझा र तटस्थ भूमिका निर्वाह गरिरहेको सन्दर्भमा यसको गरिमा, साख र साझा चरित्र बचाउन हरेक सदस्यको भूमिका महत्वपूर्ण रहिआएको छ”नै निर्वाचनको समयमा पत्रकारहरुले विभिन्न उल्झनहरु झेल्नुपरेको गुनासो आएकाले पत्रकारहरुलाई सहज रुपमा समाचार संकलन गर्न सहज वातावरणका लागि सम्वन्धित सवैमा आग्रह गरिएको छ।
तस्बिर: नेपाल पत्रकार महासंघ प्युठान शाखाका सचिब प्रकाश बैद्द द्वारा हस्ताक्षरित बिज्ञप्ति
महासंघका सचिव प्रकाश बैद्यद्धारा बुधवार जारी विज्ञप्तीमा भनिएको छ“ २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा पत्रकार तथा आमसञ्चार माध्यमले पालना गर्नु पर्ने पत्रकार आचारसंहिताका विषयमा आम सञ्चारकर्मीहरुलाई अवगत नै छ । यस सन्दर्भमा पत्रकार आचारसंहिता पालना गर्नु सञ्चारकर्मीहरुको कर्तव्य हो तसर्थ पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आम सञ्चारकर्मीहरुलाई महासंघ हार्दिक अनुरोध गर्दछ । निर्वाचनको समयमा पत्रकारहरुले विभिन्न उल्झनहरु झेल्नुपरेको गुनासो आएकाले पत्रकारहरुलाई सहज रुपमा समाचार संकलन गर्न सहज वातावरणका लागि सम्वन्धित सवैमा महासंघ हार्दिक आग्रह गर्दछ । नेपालको संविधानले प्रत्याभुत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता ,नागरिक अधिकार,नेपाली सञ्चार क्षेत्रले उपभोग गर्दै आएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र यसका विश्वव्यापी मूल्य ,मान्यता अनुरुप राजनीतिक दलहरुले जारी गर्ने आफ्ना घोषणा पत्रमा आमसञ्चारको क्षेत्रलाई विशेष प्राथमिकताका साथ प्रतिवद्धताहरु सम्वोधन गरुन भन्ने आग्रह र अपेक्षा यस महासंघले राखेको छ ।
वर्तमान लोकतान्त्रिक राज्य व्यवस्थामा जनताको अभिमतद्धारा मुलुकको भाग्य फैसला गर्ने आसन्न यो निर्वाचन स्वच्छ ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै सहज वातावरणका लागि आम समुदाय, निर्वाचन आयोग,सरकार र जिल्लाका सवै राजनीतिक दलहरुलाई महासंघ अपिल गर्दछ । ”
प्रतिक्रिया राख्नुहोस्