पत्रकारको प्रश्नमा : ५ बर्ष प्युठानमा बिकासे काम गर्न नसकेको दुर्गा पौडेलको स्वीकारोक्ति

पत्रकारको प्रश्नमा : ५ बर्ष प्युठानमा बिकासे काम गर्न नसकेको दुर्गा पौडेलको स्वीकारोक्ति

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान जिल्लाको समग्र बिकासमा आफुले योगदान दिन नसकेको गठबन्धनका प्रतिनिधि शभा सदस्य दुर्गा पौडेलले स्विकार गर्नुभएको छ।
गठबन्धन सम्बद्ध पत्रकारहरुको संगठनले प्युठानको बिजुवारमा आयोजना गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा पौडेलले पटक पटक संसद विघटन,कोभिडका कारण आफुले सोचे जस्तो बिकास गर्न नसकेको बताईन।५ बर्षमा जिल्लामा गर्नुभएको बिकास निर्माणका काम के रहे? अब तपाईंको उम्मेद्बारी के का लागि भन्दै पत्रकारहरूले प्रश्नको जवाफमा पौडेलले भनिन,’ तपाईंको प्रश्नमा सहमत छु, जनताले जिताएर पठाएपनी विविध कारणले बिकासमा योगदान गर्न सकिन’ पौडेलले थपिन,’धेरै काम भएका छन, केहि बाकी छन अधुरा काम पूरा गर्न मेरो उम्मेद्बारी हो।”पौडेलले २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता डा गोविन्दराज पोखरेललाई पराजित गरेकी थिइन।
पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेसबाट प्रदेश “ख “मा उमेदवार बनेका सरोज थापाले जिल्ला मुख्य सडक दुई लाइन बनाउने,बेरोजगारीको अन्त्य गर्ने,बाग्दुला देखि बहाने सडक कालोपत्रे,झिमरुक र लुङ्ग खोलाको बिचमा हाइड्रोपावर,मल्लरानीलाई पर्यटन क्षेत्रका रुपमा बिकास गर्ने योजनाका साथ चुनाबमा होमिएको जानकारी गराए।यस्तै माओबादी केन्द्रबाट प्रदेश “क” तर्फ उमेदवार बनेका कृष्ण अधिकारीले “प्रकाश”ले कृषि, उद्योग, पर्यटन र रोजगारी लगायतका एजेन्डा रहेको पत्रकार भेटघाटमा सुनाए।