राम बहादुर बिश्वकर्मा
प्युठान,मुक्ति माध्यामिक विद्यालय रातामाटाको ७३ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ।
२००८ सालमा तत्कालीन बडाहाकिम स्वर्गीय प्रतिमान चन्द बोहराको सक्रियतामा मुक्ति मिडल स्कुलको रुपमा प्यूठान नगरपालिका ३ बिजयनगर स्थापना गरिएको मुक्ति माध्यामिक विद्यालयले बुधबार स्थापना दिवस मनाएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्यूठान नगरपालिकाका नगरप्रमुख बिष्णु बहादुर योगिले बिध्यालयको शैक्षिक गुणस्तरलाई वृद्धिका लागि प्रमुख भूमिका प्र.अ.को हुनुपर्ने बताउनुभयो।कुनै पनि संस्था बलियो,सक्षम हुनका निम्ति नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ सक्षम नेतृत्वले विद्यालयमा भएका समस्यालाई सहज तरिकाले हल गर्न सक्छ । उहाँले भन्नुभयो-"बिध्यालयको सर्बाङ्गिण बिकासका लागि प्र.अ ले सबै राजनीतिक्दल सङ्ग समन्वय सहकार्य गर्न छुट हुने तर राजनीति बाट टाढा हुनुपर्ने बताउनुभयो।
नेतृत्वलाई कमजोर बनाउनु भनेको अराजकता हुने भएकाले बिध्यालयको नेतृत्वलाई साथ दिन आग्रह समेत गर्नुभयो।
शिक्षाले समाज निर्माणमाका लागि ठूलो भुमिका खेल्ने भएकाले आफू सधै सर्बपक्ष निकाय सङ्ग
समन्वय गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै पुर्ब बिध्यार्थी तथा नेकपा एमाले जिल्ला कमिटी प्युठानका अध्यक्ष बिजय बिराज बिष्टले शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताउनुभयो।उहाँले मान्छेको व्यक्तिगत आस्था आफ्नो ठाउँमा छ तर त्यो आस्थाको कारणले पठनपाठनलाई प्रभावित पार्नु हुँदैन,शिक्षाको गुणस्तरलाई प्रभावित पार्न नहुनेमा जोड दिनुभयो।
जिल्लाकै पहिलो बिध्यालय मुक्ति माबी रातामाटाले विभिन्न बिधामा उत्पादन गरेका बिध्यार्थि हरेक भुमिकामा रहदै आएको बताउनुभयो।
पछिल्लो समय बालबालिका पढाइ भन्दा सामाजिक संजालमा बषी ध्यान दिनुले शैक्षिक गुणस्तर कमजोर भएको दाबी गर्दै उहाँले विद्यालयमा खेलकुद शिक्षकको ब्यबस्था अनिवार्य अर्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो।
खेलकुदले बालबालिकाको सर्वांगिण विकास हुने र खेलमा पाइने सम्मान र खेलेर व्यक्तिले पाउने जीवउपयोगी ज्ञानका बारेमा अभिभावकहरुलाई बुझाउन जरुरी रहेको उहाँको भनाई छ।
प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले आफ्ना बालबालिकालाई नाफामुलक बिध्यालयमा पढाउने तर सामुदायिक बिध्यालय ब्यबस्थापन समितिको अध्यक्ष हुन चाहना राख्नुले सामुदायिक बिध्यालयको शैक्षिक गुणस्तर कसरी वृद्धि हुन्छ ? भन्ने प्रश्न गर्दै उहाँले सामुदायिक बिध्यालयमा पढाइ राम्रो हुँदैन भन्ने मानषिकता समाजका शैक्षिक ब्यक्तिमा भएको,आफूले पढाउने विद्यालयमा आफ्ना बालबालिका अधिकांश शिक्षकले नपढाउने गरेकाले पनि शैक्षिक गुणस्तर खस्केको बताउनुभयो।
प्युठान नगरपालिकाका प्रबक्ता समेत रहका श्रेष्ठले शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि वृद्धि गर्न गरिएका अनेकौं कार्यमा करोडौं रकम खर्चेर पनि प्रतिफल निराशाजनक हुनुमा चिन्ता व्यक्त गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी रमा आचार्यले शिक्षा क्षेत्रको विकासका लागि सबै पक्ष इमान्दार बन्नु पर्ने बताउनुभयो। प्रमुख जिल्ला अधिकारी आचार्यले शैक्षिक गुणस्तर बढाउनका लागि आफुहरुले पहल गरेको बताउदै शैक्षिक गुणस्तर वृद्धिका लागि नीतिगत सुधारको खाँचो रहेको बताउनुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दामोदर बिष्टले वार्षिक प्रगति प्रतिबेदन रआर्थिक प्रतिबेदन प्रस्तुत गरेका थियो।यसैबीच विभिन्न अक्षकोष दाता,सहयोग दाता,पुर्ब प्राध्यानाध्यापक लगायतलाई सम्मान गरिएको थियो।
बिध्यालय ब्यबस्थापन समितीका अध्यक्ष शुन्दरा के.सि को अध्यक्षता बाट सुरु भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी),पुर्ब प्राध्यानाध्यापक हुकुम बहादुर बिष्ट,गुमानराज पुलामी,संचारकर्मी,अभिभावक,विधार्थी लगायतको सहभागीता रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्