समाज सेवामा निरन्तर अगाडि लायन्स क्लब: पहिरो पिडीतलाई राहत सामाग्री प्रदान 

समाज सेवामा निरन्तर अगाडि लायन्स क्लब: पहिरो पिडीतलाई राहत सामाग्री प्रदान 

राम बहादुर बिश्वकर्मा
प्युठान,गएको असोज महिनाकोे मुसलधारे पानिका कारण धन जनको क्षेती र भौतिक संरचनामा ठुलो असर परेको थियो। केही गाउँहरु पहिरोको उच्च जोखिममा रहेका छन् ।
पहिरोले सरुमारानी गाउपालिका वडा नं २ र ५ मा रहेका करिब १० घर र गाउँपालिकाकै वडा नं न २ मा रहेका ६  घर पहिरोको जोखिममा परेका थिए। त्यस मध्य पहिलो पटक पहिरो बाट बिस्थापीत १४ घर परीवारले राहत पाएका छन्। 
लायन्स कलब अफ प्युठानको समन्वय र हेम एण्ड माया फाउन्डेसन प्रा लि न्युयोर्कको आर्थिक सहयोगमा ५० हजार बराबरको लत्ताकपडा, खाध्यान्न लगायतका सामाग्री एक कार्यक्रमका बिच शनिबार पहिरो पिडितलाई बितरण गरेको छ।

लायन्स कलब अफ प्युठानका सदस्य कमल श्रेष्ठका अनुसार यस्ता राहत सरकारले दिनु पर्ने हो तर हामिले विभिन्न सहयोगीदाता सङ्ग समन्वय गरि  जिल्लामा ठुलो मात्रामा राहत दिएको छ। हामीले दिएको राहत घाउमा मलम लगाउँन लाई मात्र हो। श्रेष्ठले भन्नुभयो-" न्युयोर्कमा बसेर नेपाली जनताको जीवन रक्षा र सामाजिक उत्तरदायित्व प्रती चिन्ता गरि सहयोग गरेकोमा सहयोगी निकाय हेम एण्ड मामा फाउन्डेसन प्रा.लि लाई धन्यवाद समेत दिनुभयो।