सीता बि.क
प्युठान, प्युठानका एमाले प्रतिनिधि शभाका उम्मेदवार सुर्य थापा मत माग्न खेतमै पुगेका छन् । धान काट्ने चटारोले किसानहरु खेतमै व्यस्त भैदिँदा उम्मेदवार मत माग्न खेतमै पुग्नु परेको हो।
मल्लरानी गाउँपालिका वडा नम्बर ३ चुजाठाटिमा बिहीबार एमाले उमेदवार सहितको घरदैलो अभियानका क्रममा किसानहरुले सधैजसो खेती लगाउने समयमा मलको अभाव देखाउने र समाधान गर्न कसैले ध्यान नदिएको गुनासो गरेका थिए।
स्पष्ट र हक्की स्वभावका नेता सुर्य थापालाई खेतमै देखेपछि कृषक खुशी हुँदै जनजन र मनमनमै रहेको पार्टी एमाले मात्र हो, अस्तितब नै नरहने गरि सकिने डरले ५ दलिय गठबन्धन गरिएपनि एमालेसँग एक्लै लड्ने सामार्थ्य कुनै दलसँग नभएकोले बस्ती बस्तीबाट जनताको साथ हुनेमा ढुक्क हुन उमेदवार थापालाई आग्रह समेत गरेका थिए।
स्थानीयले उमेदवार थापालाई खेतमै देख्दा निकै खुशी व्यक्त गरेका थिए ।
घरदैलोका क्रममा उम्मेदवार थापा सहित प्रदेश "क" का उमेदवार तुल्सिराम शर्मा, प्रदेश "ख"का उमेदवार हरि प्रसाद रिजाल नेकपा एमाले प्युठानका अध्यक्ष बिजयबिराज बिष्ट लगायतका नेता तथा कार्यकर्ता खेतमै पुगेका थिए।
मतदाता भेटघाटका क्रममा कुरा गर्दै उम्मेदवार थापाले निर्वाचन जितिसकेपछी निर्वाचन क्षेत्र भित्र रहेका टोलको नाम समेत जानकारी नभएकाहरु चुनावमा भोटको लागि पटकै-पटक गाउँ गाउँ पस्न थालेको तर जनताले त्यस्तालाई कुनै हालतमा नपत्याउने बताए ।
नेकपा एमालेले सधै जनताको घरघरमा पुग्ने ब्यक्तिलाई उमेदवार बनाउने गरेको र यसपालि पनि प्रतिनिधी सभामा सुर्य थापा,प्रदेश शभामा तुल्सिराम शर्मा हरि प्रसाद रिजाल लाई उमेदवार बनाएको बताएका छन ।
उनले अहिलेको गठबन्धन सरकारले जनताको पक्षमा कुनै पनि सकारात्मक काम गर्न नसकेको बताए। उनले आगामि निर्वाचन समाजवाद, समृद्धि तर्फ लैजाने कि अधोगति तर्फ लैजाने भन्ने कुराको फैसला गर्ने दिन भएको बताए। “आगामी निर्वाचन मा जनताको पक्षमा काम गर्ने प्रतिधद्द पार्टि नै नेकपा एमाले हो’ उनले भने अहिलेको गठबन्धन नेकपा एमालेलाई एक्लै प्रतिपर्धा गर्न नसकेकपछि गरिएको गठबन्धन रहेको भन्दै उनले देशकै सबै भन्दा बलियो पार्टि नेै नेकपा एमालेको चुनाव चिन्ह सुर्य छापमा भोट दिएर सबै उमेदवारलाई जिताउन आग्रह गरेका छन।
प्रतिक्रिया राख्नुहोस्