राम बहादुर बिश्वकर्मा
प्यूठान,सामाजिक सेवामा समर्पित लायन्स क्लव अफ
प्यूठानले पहिरो पीडितलाई राहत पुर्याउन थालेको छ । अविरल बर्षाका पहिरोले घरबार विहिन भएका प्यूठान नगरपालिका वडा नं. ४ मङ्राखोला का पदम सुवेदी र टीका के सि घरलाई राहत वितरण गरिएको लायन्स क्लव अफ प्यूठानका सदस्य कमल श्रेष्ठले बताउनुभयो ।
राहत सामाग्रीमा कम्मल, चामल, दाल, तेल, चिउरा, नुन लगायत रहेका छन् ।
सामाजिक सेवामा समर्पित लायन्स क्लवले जिल्लामा मानवीय सेवाका कामहरु गर्दै आएको छ ।श्रेष्ठले भन्नुभयो-" लायन्स क्लवले लिएको उद्देश्य अनुरुप सामाजिक सेवामा समर्पित भएर लागेको छ ।‘‘जहाँ आवश्यकता त्यहाँ लायन्स’’ भन्ने नारी लाई केन्दित गरि सामाजिक सेवामा समर्पित छौँ।
त्यस्तै आज माण्डवी गाउँपालिका वडा नम्वर २ स्थित धनचौरका ११ परिवारलाई राहत पुर्याउन गए पनि बाटो अवरुद्ध हुँदा फर्किएको समेत उहाँले बताउनुभयो ।
भोलि उक्त राहत सामाग्री लगेर समुदायमा जाने योजना रहेको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्