जन्मदिनको खर्च कटाएर अपांगता भएकालाई सहयोग गर्नेछु : बि.क

सीता बि.क
प्युठान,पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौँ रुपैयाँ खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ।जन्मदिनमा केक काट्ने साथीभाइलाई जम्मा गरी पाटीसमेत गर्ने प्रचलन बढ्दै गरेको अवस्थामा प्युठानकि एक महिलाले आफ्नो जन्मदिनको खर्च अपांगता भएकाहरुका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सरुमारानी गाउँपालिका गाउँकार्यपालिका सदस्य आशा बि क ले आफ्नो जन्मदिनको खर्च कटाएर अपांगता भएका एक ब्यक्ति लाई सहायक सामग्री(क्रच)सहयोग गर्ने आफ्नो फेसबुकबाट उद्घघोष गर्नुभएको हो।
शनिबार परेको आफ्नो जन्मदिनको अवसरमा बि.क ले जन्मदिनको शुभकामना व्यक्त गर्ने सम्पुर्णलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ।
सरुमारानी गाउँपालिका ३ हंसपुर घर भएकि सरुमारानी गाउँकार्यपालिका सदस्य बि.क ले जन्मदिनको फजुल खर्च जोगाएर  सहयोग गर्ने जानकारी दिनुभयो। 
अपांगहरुलाई दया र माया देखाएर मात्र हैन अवसर प्रदान गर्न सकेमा मात्र उनीहरुको वास्तविक न्याय हुने बताउदै आफ्नो जन्मदिनको फजुल खर्च गर्नुभन्दा गरिब असहायलाई सहयोग गर्न पाउँदा आफू निकै गर्ववान्भित भएको उहाँको भनाई छ।  
यसैगरी सबैले अपांगताको समस्या बुझ्दै जाने हो भने सहयोग गर्ने हातहरुको संख्या कमी हुँदैन।
बि.क ले  सामाजिक क्षेत्रमा रहि अपांगताको सवालमा लामो समयदेखि विभिन्न कार्य गर्दै आउनुभएको छ।