प्रधानमन्त्री ओली आज दाङ आउदै, लुम्बिनी प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधन गर्नुहुने

प्रधानमन्त्री ओली आज दाङ आउदै, लुम्बिनी प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधन गर्नुहुने

दाङ,लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिशेष सम्वोधन गर्नुहुने भएको छ ।आज बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गर्नुहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभयो ।बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले बिशेष सम्वोधन गर्नेगरि बैठक बस्ने कार्यसूची प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिशेष सम्वोधनकालागि निमन्त्रण गर्नु भएको थियो ।लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो । यस अघि २०७५ साल बैशाख १६ गते तत्कालिन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गर्नु भएको थियो ।
प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधनपछी घोराहीमा आयोजना हुने सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।