राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीतामा सहभागी भई तेस्रो स्थान प्राप्त गर्न सफल प्रतियोगी बिध्यार्थीहरुलाई एक कार्यक्रम बिच बधाई व्यक्त गर्दै प्रमाणपत्र प्रदान गरिएको छ।
प्यूठान नगरपालिका-४ स्थित गणतान्त्रिक खेलमैदान बिजुवारमा ३ दिनसम्म संचालित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा बाल बिध्या माध्यमिक विद्यालयले ७ स्वर्ण,४ रजत र ७ काष्य गरि १८ पदक प्राप्त गर्दै तृतिय स्थान हासिल गर्न सफल भएको हो।बिहीवारदेखि सुरु भएको खेलकुद प्रतियोगितामा प्यूठान नगरपालिका भित्र रहेका १२ सामुदायिक र ४ संस्थागत गरी १६ माध्यमिक विद्यालयको सहभागी रहेको थियो । रनिङ सिल्ड प्रतियोगितामा ५५ स्वर्ण,५४ रजत, ५३ काष्य गरी कुल १ सय ६२ पदकमा प्रतिस्पर्धा भएको थियाे।
खेलमा बिजेता खेलाडिहरुलाई प्यूठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के सि ट्रफि मेडल र प्रमाणपत्र प्रदान गर्नु भएको थियो। यसैबीच खेलकुद प्रतियोगिता अवधिभर सहयोग गर्ने खेल शिक्षक समशेर के सि सहितको टिम लगायतलाई समेत स-धन्यबाद गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के.सि ले पछिल्लो समय विद्यार्थीको खेल प्रतिको उत्साह बढेकोले थप हौसला र सम्मान गर्दै वडाले खेलकुदको क्षेत्रलाई थप व्यवस्थित गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के.सि
वडा अध्यक्ष के.सि ले खेलकुदमा विद्यार्थीले आफुलाई प्रतिस्पर्धाको माध्यमबाट अब्बल बनाउदै अगाडि बढ्न प्रेरित गरेको भन्दै बिद्यालयले खेल क्षेत्रमा चासो बढाउन विद्यार्थीलाई शिक्षासँगै खेलकुदसँग जोडेर सँगसँगै अघि बढाउनुपर्ने बताउनुभयो।लगातार २ बर्ष बिध्यालयले तेस्रो स्थान हासिल गर्न पाँउदा बिध्यालय निकै उत्साहीत रहेको बिध्यालयका प्र.अ केशु गिरिले सुनाउनुभयो।
नगरपालिका भित्र रहेका१६ वटा माबी बिध्यालय मध्य कक्षा १० सम्म संचालित बिध्यालय हो,जहाँ अन्य बिध्यालयको तुलनामा अध्यनरत बिध्यार्थी यसै पनि कम छन्।उहाँले भन्नुभयो।"प्रथम दिद्तिय स्थान गर्ने हासिल गर्ने बिध्यालयमा १२ कक्षा सम्म अध्यापन गराइन्छ।"
खेलबिना बालबालिकाको वृद्धि र सर्वाङ्गीण विकास आशा समेत गर्न नसकिने प्र.अ गिरीको भनाई छ।
प्रतिक्रिया राख्नुहोस्