राज्यका सबै निकायमा महिलाहरुको  सहभागिताले मात्र समृद्ध नेपाल बन्न सक्छ : नेता पुन

राज्यका सबै निकायमा महिलाहरुको  सहभागिताले मात्र समृद्ध नेपाल बन्न सक्छ : नेता पुन

प्युठान, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवम् संविधाान सभा सदस्य अमरसिंह पुनमगरले राज्यका प्रत्येक निकायमा महिलाहरुको सम्मानजनक सहभागिताले मात्र समृद्ध नेपाल बन्न सक्ने बताएका छन् ।नेपाल महिला संघ स्वर्गद्धारी नगरपालिका प्युठानद्वारा आयोजित स्थानीय निर्वाचन र महिला सहभागिता विषयक बहस कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पुनले स्थानीय, प्रदेश र संघीय सरकारका विभिन्न संरचनामा महिलाहरुको समानुपातिक सहभागिताले मात्र नेपाल समृद्ध हुने बताएका हुन् ।नेपालका परिवर्तनको आन्दोलनमा महिलाहरुको अतुलणीय योगदान भएको बताउदै सभापति पुनले क्षमता र उपयुक्ता आधारमा महिलाहरुलाई उपयुक्त जिम्मेवारी दिनु पर्नेमा जोड दिए । उनले भने- ‘महिलाहरुको हक र अधिकारको सुनिश्चितताका लागि नेपाली कांग्रेस प्रतिबद्ध रहेको छ । नेपालको संविधान २०७२ ले पनि महिलाको धेरै अधिकार प्रदान गरेको छ । संविधानको व्यवस्था अनुसार नै कांग्रेसले पार्टीको प्रत्यक संरचनामा महिला सहभागिता गराएको छ ।
नेपालमा महिलाको शिक्षाको पहँुच, विद्यालयमा महिला शिक्षिका, महिला स्वयमसेविका लगायतका थुप्रै कार्यक्रम कांग्रेसकै अगुवाईमा भएको उनको दावी छ । सभापति पुनले प्रत्यक स्थानीय तहमा कांग्रेसको विजय हुने गरि निर्वाचनमा होमिन नेता तथा कार्यक्रताहरुलाई निर्देशन पनि दिएका छन ।