नेपाल राष्ट्रिय शिक्षक संगठन प्युठानको अध्यक्षमा शंकर थापा चयन

नेपाल राष्ट्रिय शिक्षक संगठन प्युठानको अध्यक्षमा शंकर थापा चयन

राम बहादुर बिश्वकर्मा
प्युठान,नेपाल राष्ट्रिय शिक्षक संगठन प्युठानको १४ औं अधिवेशन सम्पन्न भएको छ।
शनिबार सम्पन्न अधिबेशन ले शंकर थापाको अध्यक्षतामा नयां समिति चयन गरेको छ । जस्को उपाध्यक्षमा लक्ष्मी के सि राम बहादुर के सि, सचिव खिम बहादुर रावत,कोषाध्यक्ष खिम बहादुर जि सि,सचीव गिरिजा थापा, सह कोषाध्यक्ष लक्ष्मी सुवेदी के सि रहनु भएको छ।त्यस्तै सदस्यहरुमा शान्ता गिरी,माया गिरि,बिरेन्द्र भण्डारी,सिद्दिमान थापा,सरदराज भण्डारी, देबराज पोख्रेल, टोपराम पोख्रेल,दुर्गा जी सि,गिरिराज जैसी,चुमानसिह पुन, नेपाल सिंह पुरि, कमल गिरी,कल्पना कोइराला,कल्पना गिरी, सन्तोषी थापा,बालाराम सोमै,हुकुम घर्ती शेर बहादुर पाण्डे चयन गरेको छ ।
त्यस्तै केन्द्रिय प्रतिनिधिमा लोकेन्द्र जि सि, हिमा भण्डारी,रामराज पोख्रेल र रबिलाल खनाल रहेका छन्।नेपाल राष्ट्रिय शिक्षक संगठन प्युठानका अध्यक्ष शंकर थापाको अध्यक्षता र नेकपा एमाले का पोलिट ब्युरो सदस्य एबम प्युठान इन्चार्ज सुर्य थापा को प्रमुख आतिथ्यतामा भएको जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले संगठनलाई शिक्षकका पेशागत हकहित र सुरक्षाका सवालमा गम्भीरता पुर्वक कामगर्नु पर्ने बताउनुभयो । उहाँले संगठनमा कामगर्दा आफ्ना पेशागत छविमा आच आउने र दाग लाग्ने खालका कुनैपनि कार्य नगरी सजकताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशित गर्नुभयो ।

साथै उहाँले शिक्षकहरुले देशको मुहार फेर्ने जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण कार्य गरेको भन्दै धन्यवाद प्रकट गर्नु भएको थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य जिल्ला सह इन्चार्ज हरि रिजाल,नेकपा एमालेका जिल्ला अध्यक्ष बिजय बिराज बिष्ट,राष्ट्रिय शिक्षक सङठनका केन्द्रिय सदस्य एकदेब पन्थी,शिक्षक महासघ प्युठान का अध्यक्ष सेर बहादुर थापा,प्रेस चौतारी नेपालका पुर्ब अध्यक्ष एलबी थापा लगाएतले मन्तब्य राख्नुभएको थियो।
सो क्रममा उहाँहरुले संगठनले संगठन सुदृढीकरण र सबल,पेशालाई सर्वोपरि ठानी अगाडि बढ्नुपर्ने कुरामा जोड दिनु भएको थियो । यसैगरी उहाँहरुले संगठनमा आवद्ध शिक्षकहरुले पेशागत आचारणमा समेत सुधार गर्दै जानुपर्ने र शिक्षण पेशालाइ समेत मर्यादित बनाउदै अगाडि बनाउनुपर्ने कुरामा गम्भीर बन्न सुझाव दिनुभएको थियो ।कार्यक्रममा १ दर्जन भन्दा बढी शिक्षकहरु नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा आबद्ध हुनुभएको छ,भने  कार्यक्रमको संचालन नेपाल राष्ट्रिय शिक्षक संगठन प्युठानका सचिव ज्ञानहरी रिजालले  गर्नु भएको थियो ।