बिध्यार्थीलाई मानव अधिकार सम्बन्धि शिक्षा दिदै : एम्नेष्टी प्युठान

बिध्यार्थीलाई मानव अधिकार सम्बन्धि शिक्षा दिदै : एम्नेष्टी प्युठान


प्यूठान,झिमरुक क्याम्पसका विद्यार्थीलाई मानव अधिकार सम्बन्धि  अभिमुखिकरण गरिएको छ।मानवअधिकार संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले एम्नेस्टी इन्टरनेसनल नेपाल समुह-३६ प्युठानले "मानवअधिकार शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम" संचालन गरेको हो।बढी भन्दा बढी व्यक्तिहरूलाई मानवअधिकारका विषयवस्तुहरूमा साक्षात्कार गराउन एम्नेष्टी प्युठानले अभिमुखिकरण गरेको हो म।क्याम्पसमा मानवअधिकारसम्बन्धी ज्ञान र चेतना अभिवृद्धिका कक्षाहरू संचालन गरीएको संयोजक शिवराज श्रेष्ठले जानकारी दिनुभयो।अभिमुखिकरण कार्यक्रमको सहजीकरण एम्नेष्टी इन्टरनेसनल नेपाल समुह ३६ प्यूठानका निवर्तमान संयोजक कल्पना खड्का र सचिब लोकेन्द्र सुनारले गर्नुभएको थियो ।उहाँले मानव अधिकार, एम्नेस्टी इन्टरनेशनल, एम्नेस्टी नेपाल लगायत बिषयमा प्रष्ट पार्नुभएको थियो ।साथै सोही अवसरमा राईट फर राईट्स अभियान अन्तर्गत हस्ताक्षर कार्यक्रम गरिएको छ । एम्नेष्टी इन्टरनेसनल नेपाल समुह ३६ प्यूठानका कोषाध्यक्ष राधिका पन्थीले उक्त कार्यक्रमको सहजीकरण गरि हस्ताक्षर संकलन गर्नुभएको थियो ।जिल्लाका करीब ५ सय ब्यक्तिलाई मानवअधिकार शिक्षा सम्बन्धि अभिमुखिकरण गर्ने लक्ष्य रहेको सह-संयोजक सुजल श्रेष्ठले बताउनुभयो।विद्यालय,क्याम्पस,समुह लगायतमा उक्त कार्यक्रम गर्न सकिने श्रेष्ठले बताउनुभयो ।