प्यूठान,माण्डवी गाउँपालिका-२ रातापानीमा एक बृद्ध दम्पत्ति मृत फेला परेका छन।बङ्गलाचुली नजिकै रातापानी लेक स्थित एक घरका दम्पती मृत फेला परेका हुन ।६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया हुकुमा परियार घरको कोठाभित्र मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक निरन्जन रिजालले जानकारी दिनुभयो।घटनाको प्रारम्भिक अनुसन्धानमा दुवैको टाउकोमा चोट देखिएको छ ।घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसी सहितको अनुसन्धान टोली खटिनुभएको प्रहरी निरीक्षक रिजालले बताउनुभयो ।घटनाको थप अनुसन्धानका लागि भैरहवाबाट तालिमप्राप्त कुकुर ल्याईदै छ । प्रहरीलाई आज दिउसो साढे १२ बजे मात्र घटनाको जानकारी प्राप्त भएको प्रहरी निरीक्षक रिजालले बताउनुभयो । घटनास्थल प्रहरीले सिल गरेको छ ।
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्