आसन्न निर्बाचन सम्म एक जान्छौ सत्ता साझेदार

अनिल नेपाली

अर्घाखाँची,सत्ता साझेदारमा क्रियाशिल अर्घाखाँचीका राजनितिक दलले आज सन्धिखर्कमा पत्रकार सम्मेलन गरि गठबन्धन वडा देखि केन्द्र सम्म आसन्न निर्वाचन सम्म रहने बताएको छ । गठबन्धनमा क्रियाशिल नेपाली काग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशब श्रेष्ठले देशमा प्रतिगमन लाई नेपाली जनताको आन्दोलन प्ररास्त गरि देशमा जनताको सरकार बनेको बताउदै बास्तविक जनताको सरकारको प्रत्याभुति गराउनको लागि नेपालको परिबर्तित आन्दोलनमा सहिदहरुको ठुलो योगदान रहेको बताउदै लोकतन्त्र सविधान भन्दा माथि गएर जनतामाथि कुठरघात गरेकोले जनताले अब नेकपा एमालेलाई बहिष्कार गर्न बताए ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रकी महिला नेतृ छमकुमारी खनाल चिनारी अलोकतान्त्रिक गैर सबैधानिक रबैया विरुद विगत लामो समयदेखि आन्दोलन गरेकोले अब आउने सामाजिक राजनितिक क्षेत्रका जुनसुकै संस्थामा गठबन्धन क्रियाशिल रहि आसन्न स्थानीय सघ प्रदेशका निर्बाचन सम्म जाने बताइन् कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर विसीले मुलुक र देश प्रति आफुहरु प्रतिबद्ध रहेको जनतामाथि हुने जुनसुकै किसिमका कुठराघात विरुद आन्दोलनमा आफुहरु प्रतिबद्ध रहेको आसन्न निर्वाचनमा आफुहरु एक समय निर्वाचनमा जाने बताए कार्यक्रममा जनता समाजबादी पार्टीका अध्यक्ष जिन्दग खड्का एकीकृत समाजबादीका अध्यक्ष राम बहादुर चौहानले गठबन्धनमा आसन्न निर्वाचन सम्म क्रियाशिल रहने आफुहरु यसमा सदैब क्रियाशिल रहने बताए । कार्यक्रम नेपाली काग्रेसका जिल्ला सभापति केशब श्रेष्ठको अध्यक्षता समाजबादीका अध्यक्ष राम ब चौहानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।