प्यूठानको ऐरावती गाउँपालिकामा गठबन्धनमा कुरा मिलेन, मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय

प्यूठानको ऐरावती गाउँपालिकामा गठबन्धनमा कुरा मिलेन, मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय

प्युठान,प्युठानको ऐरावती गाउँपालिकामा सत्ता गठबन्धनका दलहरु छुट्टाछुट्टै निर्वाचन लड्ने भएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुको संयुक्त बैठकले छुट्टाछुट्टै निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।
बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनमा मित्रवत प्रतिस्पर्धा गर्ने उल्लेख छ  ।

विज्ञप्तिमा कांग्रेस नेताहरु अमरबहादुर रेस्मी र दामु विक, राजमोका टंकप्रसाद पाण्डे र कृष्णप्रसाद श्रेष्ठ, नेकपा माओवादी केन्द्रका द्रोण प्रसाद पाण्डे र भिमेस कुमार घर्तीमगर, नेकपा एकीकृत समाजवादीका प्रेम जीसी तथा जनता समाजवादी पार्टीका दामोदर गिरी र माधव जीसीले हस्ताक्षर गरेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा ऐरावती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नविलविक्रम शाह र उपाध्यक्षमा माओवादी केन्द्रका बुद्धबहादुर बस्नेत विजयी भएका थिए ।