दीपेन्द्र सुनार
प्युठान,ने.क.पा. एमालेका पोलिट्ब्युरो सदस्य तथा प्रतिनिधि सदस्य सुर्य थापाले एमाले प्युठानको प्रतिनिधित्व गर्ने पहिलो पार्टी भएको बताएका छ्न।
ऐरावती गाउँपालिका वार्ड न १ को बाझिपोखरी र वार्ड न २ को बरौलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले एमाले प्युठान जिल्लाको प्रतिनिधित्व गर्ने पहिलो पार्टी भएको बताएका हुन।प्युठानमा बिगतका दिनहरुमा जसको नेतृत्व भएपनी प्युठानी जनताले चाहेजस्तो नेतृत्व पाउन नसकेको ले अब जिल्लामा पुर्ण रुपमा एमालेले नेतृत्व गरि प्युठान लाई अरु जिल्लाको तुलनामा बिकाशको गतिमा लैजाने ठकुवा गरे।
एमाले प्युठान जिल्ला इन्चार्ज समेत रहेका थापाले अहिलेको गठबन्धन को उम्मेदवार जनताको सामु पुर्ण रुपमा असफल भएको र लोकतान्त्रिक र कम्नियुस्टहरुको हिडने बाटो नमिल्दा उनिहरुको अहिलेको एकता सिद्धान्त एकातिर गाई जात्रा अर्कोतिर भएको यिनिहरुको कुनै मूल्य मान्यता नभएको प्रस्ट पारेका छ्न।
साथै मंसिर चार पछि आफुले चुनाव जितेपछी गठबन्धनले गर्दा मन चिस्साएर रुस्ट्र भएका अरु पार्टीका कार्यक्रता हरु बिच प्रतिनिधित्व गरेर बिकाशको योजनामा समेत संङ्गै अगाडी बढने समेत प्रतिबद्धता ब्याक्त गरे।
प्रतिक्रिया राख्नुहोस्