प्युठान,नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्युठानबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सूर्य थापाले जिल्लाको ५५ प्रतिशत भूगोल समेट्दै व्यापक जनभेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ।
माघ १७ गते सरुमारानी गाउँपालिकाबाट सुरु गरिएको अभियान सदरमुकाम खलंगा हुँदै पाँच वटा पालिकामा पुगिसकेको छ। अभियानका क्रममा थापाले घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राख्दै ज्येष्ठ नागरिक,युवा,महिला,किसान तथा व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्नुभएको छ।
हालसम्म उहाँले माण्डबी गाउँपालिका,स्वर्गद्वारी नगरपालिका,ऐरावती गाउँपालिका र मल्लरानी गाउँपालिकामा कार्यक्रम सम्पन्न गरिसक्नुभएको छ। भेटघाटका क्रममा स्थानीयले सडक,शिक्षा,स्वास्थ्य,कृषि आधुनिकीकरण,रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धनजस्ता विषय उठान गरेका छन्।
थापाले विकास निर्माणलाई तीव्रता दिने,युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने र प्युठानको समग्र आर्थिक रूपान्तरणका लागि नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
एमाले प्युठानका अनुसार बाँकी चार पालिकामा भोलिदेखि अभियान सञ्चालन गरिनेछ।जिल्लाभर अभियानलाई उत्साहजनक सहभागिता मिलिरहेको र आगामी दिनमा अझ व्यापक रूपमा कार्यक्रम विस्तार गरिने पार्टीले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्