सीता बि.क
प्युठान,वृद्धि गरेको करको बिरोधमा नेकपा एमाले प्युठान नगरपालिकाले प्युठान नगरपालिकामा ज्ञापन–पत्र बुझाएको छ।
नगरपालिकाले कर,शुल्क र राजस्व अत्याधिक वृद्धि गरेर नगरवासीसबको ढाड सेक्नमा लागेको आरोप लगाउँदै समितिले नगर सरकारले यस वर्ष ल्याएको निति तथा कार्यक्रम विगतको भन्दा कुनै हिसावले प्रगतिशिल र जनमुखी नभएको,भर्खरै निर्वाचित भएको नगर सरकारले जनतालाई राहत दिनुको सट्टा चर्को कर असुली गरि चरम गैर जिम्मेवार व्यवहार प्रर्दशन गरेको भन्दै नेकपा एमाले प्युठान नगरपालिकाले आइतबार नगरपालिकाका नगर प्रबक्ता शुमन श्रेष्ठलाई ज्ञापन–पत्र बुझाएको हो।
समग्र नगरवासीलाई राहत दिने कार्यक्रम दिनुको सट्टा कर वृद्धी गरेकोमा हाम्रो पार्टी नेकपा (एमाले) घोर निन्दा र भर्त्सना गर्दै जनताको जनआक्रोस प्रति ऐक्यवद्धता प्रकट गर्दै करको दायरा बढाउने बैज्ञानिक कर प्रणाली लागु गर्ने, प्रति नगर सरकारको ध्यान पुगेको देखिदैन । हाम्रो पार्टी नेकपा (एमाले) द्वारा पेस गरेको ध्यानाकर्षण प्रति नगर सरकार गम्भिर र सकारात्मक भई वृद्धि भएको कर फिर्ता लिई जनताको गुनासोहरूको सुनुवाई हुनेछ भन्नेमा हाम्रो पार्टी विस्वस्त छ । यस ध्यानार्कषण पत्र मार्फत प्यूठान नगर कार्यपालिकालाई आफ्ना निर्णय सच्याउन आग्रह गर्दछौं । वेवास्ता गरेमा सचेत र न्यायपुर्ण नगरवासीको साथमा नेकपा ( एमाले) सदैव रहने स्मरण गराउदै हाम्रो पार्टीले अगाडी सार्ने विरोधका कार्यक्रम र जनआक्रोस वाट पैदा हुने परिस्थीतीको नगर सरकार जाफदेही हुनु पर्ने लगायतका बिषय ध्यानाकर्षण पत्रमा उल्लेख्य गरिएको छ।
ज्ञापन–पत्र बुझ्दै प्युठान नगरपालिका नगर प्रबक्ता सुमन श्रेष्ठले आन्तरिक छलफल गरेर करको बिषयमा निर्णय लिन सक्ने स्पष्ट पारे। कर सरकारको निति बामेजिम लगाईएकाले असन्तुष्टि भएको शिर्षकमा बसेर समस्या समाधान गर्नुपर्ने श्रेष्ठको भनाई छ। ज्ञापन–पत्र बुझाउन पुगेका नेकपा एमाले प्युठान नगरपालिकाका उपाध्यक्ष धुर्ब जि सि ले आमनगरबासीको भाबनालाई ख्याल गरी नगरपालिकामा ज्ञापनपत्र बुझाउनु परेको बताए। ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेकपा एमाले जिल्ला समिती प्युठानका अध्यक्ष बिजय बिराज बिष्ट,नेकपा एमाले जिल्ला समिती सदस्य कल्पना गिरी,नेकपा एमाले प्युठान नगरपालिका उपाध्यक्ष धुर्ब जि सि,सचिब आकाश भण्डारी लगायतका नेताको सहभागि रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्