स्वार्थका लागि गरिएको गठबन्धन प्रती प्युठानी  जनता सजग हुनुहुन्छ : हरी रिजाल

स्वार्थका लागि गरिएको गठबन्धन प्रती प्युठानी  जनता सजग हुनुहुन्छ : हरी रिजाल

दीपेन्द्र सुनार 
प्युठान,कार्तिक १७ ने.क.पा. एमाले प्युठानका प्रदेशसभा (ख) पदका उम्मेदवार हरि प्रसाद रिजालले प्युठानी जनताले गठबन्धन लाई नभएर एमाले लाई भोट दिन चाहेको बताएका छ्न।
रिजालले आज झिमरुक गाउँपालिका वार्ड न १ को विभिन्न ठाउँमा भएका चुनावी भेटघाट कार्यक्रममा मतदाता संङ्ग कुराकानी गर्दै देशव्यापी रुपमा भएको यो पाँच दलिय गठबन्धन , गठबन्धन नभएर स्वार्थको ठगबन्धन भएको र उनीहरुलाई बारम्बार जिताएर पठाएपनी प्युठानका जनताहरु खाली उनीहरुबाट निराश मात्र हुनुपरेको अब प्युठानी जनताहरुले एमालेलाई भोट दिन चाहेको उनको भनाइ रहेको छ।
साथै देशब्यापी रुपमा भएको गठबन्धन स्वार्थको जनझेल मात्र भएको बताएका छ्न।काङ्ग्रेस एउटा पुजीवादी र कम्नियुष्टहरु संघर्षशिल रहेको उनीहरुको बिचार र हिड्ने बाटो कहिले नमिल्ने उनले आरोप लगाएका छ्न।
साथै उनले आजसम्म प्युठानले शिहदरबार सम्म प्युठानका समस्याहरु उम्मेदवार नपाएको र अहिले एमालेका उम्मेदवारहरुलाई जिताएर पठाएको खण्डमा अबको पाँच बर्षभित्र प्युठानलाई पनि अरु जिल्लाहरु भन्दा बिकाश निर्माणमा कुनै कसर नछाड्ने उनले प्रतिबद्धता ब्याक्त गरेका छ्न।