प्युठानको झिमरुकमा नमुना मतदान कार्यक्रम सम्पन्न 

दिपेन्द्र सुनार 
प्युठान,आगामी मंसिर चार गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि प्युठानको झिमरुक गाउँपालिकामा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला निर्वाचन कार्यलय प्युठानको आयोजना र झिमरुक गाउँपालिका प्युठानको सहजीकरणमा यहीँ मंसिर चार गते हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदान शिक्षा लाई थप प्रभावकारी बनाउने उदेश्यले शुक्रबार श्री बालशिक्षा माध्यमिक बिधालय झिमरुक गाउँपालिका मच्छी प्युठानको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको मतदाता शिक्षा कार्यक्रम अनुगमन झिमरुकका अधिकृत मोहन बि.सी. ले बताउनुभएको छ।बि.सी.का अनुसार मच्छी नेरफेरका स्थानिय बासीहरुको उपस्थिति संङ्गै करिब ७८ जनाले नमुना मतदान गरेका थिए।
जसअन्तर्गत ६४ जना अर्थात ८२% ले सदर मतदान गरेका थिए। भने १४ जना अर्थात १८% ले बदर मतदान गरेका थिए। भने गाउँपालिकाका कर्मचारीहरुले समानुपातिक तर्फको नमुना मतदान गरेका थिए।
प्रतिनिधि र प्रदेशसभाको चुनाव स्थानिय चुनाव भन्दा अलि झनझटिलो भएका कारण मतदान शिक्षालाई थप प्रभावकारी बनाउनका लागि गाउँपालिकाले आजदेखी आफ्ना ८ वटै वार्डहरुमा आउदो मंसिर १ गते सम्मका लागि महिला स्वास्थस्वयंसेविका हरु लाई परिचालन गरिसकिएकाले सम्पुर्ण झिमरुक बासीहरुले आ- आफ्नो वार्डमा मतदाता शिक्षा लिएर आएका महिला  स्वयंसेविका हरुबाट मतदान शिक्षा मार्फत भोट हाल्ने तरिका सिकेर मतदान गर्नुहुन समेत बि.सी.को अनुरोध रहेको छ।