क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष प्रेस चौतारीमा प्रवेश 

क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष प्रेस चौतारीमा प्रवेश 

सीता बि.क

प्युठान,मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निगट क्रान्तिकारी पत्रकार महासघ अर्घाखाँचीका अध्यक्ष दिपेन्द्र सुनार नेकपा एमाले निगट प्रेस चौतारी नेपाल मा प्रवेश गर्नुभएको छ।
झिमरुक गाउँ पालिका १ निवासी सुनार अहिले विभिन्न सन्चार माध्यममा रहेर पत्रकारिता गर्दै आउनुभएको छ।प्रेस चौतरीले सञ्चार क्षेत्रको समग्र विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकाले चौतारीमा प्रवेश गरेको उहाँको को भनाई छ।नेकपा एमालेका केन्द्रिय सचिबालय सदस्य मणि थापा,केन्द्रिय पोलिट ब्युरो सदस्य तथा जिल्ला पार्टी इन्चार्ज सुर्य थापा, केन्द्रिय सदस्य तथा नेकपा एमाले प्युठानका सह इन्चार्ज हरि रिजाल,जिल्ला पार्टी अध्यक्ष बिजय बिराज बिष्ट, प्रेस चौतारीका केन्द्रीय केन्द्रिय सदस्य गिरु प्रसाद भण्डारी लगायतले उहाँलाई आज एक कार्यक्रमका बीच खादा ओढाएर प्रेस चौतारीमा प्रवेश गराउनुभएको हो ।
पत्रकार सुनार सामुदायिक रेडियो स्काई,नालिबेली न्युज डटकम  लगायतका मिडियामा आबद्ध हुनुहुन्छ ।नव प्रबेशी सुनार लाई धन्यवाद तथा बधाई दिदै नेकपा एमालेका जिल्ला इन्चार्ज समेत रहेका सुर्य थापाले राष्ट्रको हितमा कलम चलाउन र आवाज उठाउन  सबै सञ्चारमाध्यमलाई अनुरोध गर्नुभयो ।
थापाले  श्रमजीवी पत्रकारहरुको आवद्धता रहेको प्रेस चौतारी नेपाल देशकै ठुलो संगठन भएकाले जिम्मेवारी पनि महत्वपुर्ण हुने बताउनुभयो । सामाजिक सद्भाव, मुलुकको विकासका लागि प्रेस चौतारी नेपालले अग्रणी भूमिका खेल्नुपर्ने भन्दै उहाँले त्यसका लागि चौतारीका सदस्य सक्रिय र संगठित हुनुपर्ने बताउनुभयो ।
त्यस्तै प्रेस चौतारी प्युठान का अध्यक्ष बासुदेब गिरीले ले पत्रकारहरू आबद्ध जिल्लाकै ठूलो संगठन भएकाले पनि चौतारीमा पत्रकारहरूको आकर्षण बढिरहेको बताउनुभयो । मातृपार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजित हुँदासमेत जिल्लाको प्रेस चौतारीमा असर नपरेको उहाँको भनाई छ । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गिरु प्रसाद भण्डारीले पार्टी विभाजित हुँदा पनि सदस्य विचलित नहुनु चौतारी प्रतिको निष्ठा र विश्वास दुवै भएको बताउनुभयो।