राम बहादुर बिश्वकर्मा
प्युठान,नेकपा एमाले प्रति युवाहरुको आकर्षण बढ्दो छ ।
एमाले पार्टी कार्यलयमा भएको एक कार्यक्रमका बिच राप्रपा का चर्चित युवा नेता बिरेन्द्र गिरिको नेतृत्वमा दर्जनौं कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन ।
एमालेमा प्रवेश गर्नेहरुमा हरि बहादुर जिसि (ध्यानु) अशोक कवर,दुर्गा खड्का,अंग्रेज़ गिरि ,बिष्णु गिरि,राजेन्द्र के सि (ऋतु),जापान खड्का ,बिक्कि गौतम,गोपाल गिरि,रमेश जियम,शरोज गिरि ,सन्तोष केसि,मदन मगर,दिपक जैशी ,विशाल केसि,शोभाराम केसि,कमल भन्डारी,प्रदीप भन्डारी ,शिव राज केसि ,मीन राज भुसाल,अमृत जुङ्ग केसि लगायतका युवाहरु राप्रपा,नेकपा माओवादी र नेपाली कांग्रेस परित्याग गरि एमाले प्रवेश गरेका हुन् ।
उनिहरुलाई नेकपा एमालेका के पि वलिले टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गराउदै नेकपा एमालेका अध्यक्ष केपि वलिले युवाहरुले अव राजनिती संगै उत्पादकमुलक क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए। युवा ब्यवशायीहरु आफैमा दक्ष जनशक्ति उत्पादन गर्ने समुहमा पर्ने भएकाले अन्य युवाहरुलाई पनि नेकपा एमालेमा समाहित गर्ने गरी युवाहरुले काम गर्नुपर्ने उनको भनाइ रहेको थियो ।
साथै युवाको क्षमता दक्षताको आधारमा जिम्मेवारी प्रदान गरिने वताए ।
एमाले प्रवेश गर्दै नेता बिरेन्द्र गिरीले पार्टीले आफु लामो समय सम्म राप्रपामा रहेर काम गरेको भएतापनि नेकपा एमाले जस्तो पार्टी अरु नरहेकाले आफु नेकपा एमालेमा प्रवेश गरेको वताए । ढिलै भएपनि नेकपा एमालेमा प्रवेश गरेर एमाले पार्टीलाई मजवुद वनाउने गरी काम गर्ने उनको भनाइ रहेको थियो ।
आफुहरुलाई दिने जिम्मेवारी पुरा गर्ने बताए ।
नेपालको राजनितीमा नेकपा एमाले जस्तो पार्टी अरु नरहेकाले आफु राप्रपा बाट एमालेमा प्रवेश गरेको वताए ।
त्यस्तै अर्का युवा नेता राजेन्द्र के सि (ऋतु)ले युवाको भूमिका,युवाको नेतृत्व र उनीहरुको व्यवस्थापनको विषयमा नेकपा एमालेमा मात्र भएको जिकिर गर्दै “देशको राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि बलियो शक्तिको खाँचो छ।उनले भने-"आगामी निर्वाचनबाट जनताले एमालेलाई त्यो शक्तिकोरुपमा निर्वाचित गर्नुपर्छ ।”

प्रतिक्रिया राख्नुहोस्