राष्ट्रिय युवा संघ प्युठानद्वारा रक्तदान कार्यक्रम,युवाको उल्लेखनीय सहभागिता

राष्ट्रिय युवा संघ प्युठानद्वारा रक्तदान कार्यक्रम,युवाको उल्लेखनीय सहभागिता

सिता बि.क 
प्युठान,नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्युठानले बार्षिक कार्ययोजना र केन्द्रिय कमिटीको निर्देशन अनुसार शनिवार जिल्ला अस्पताल बिजुवारमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।रक्तदान कार्यक्रममा २०जनाले रक्तदान गरेका छन्। राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले सञ्चालन गरिरहेको देशव्यापी रक्तदान महाअभियानका क्रममा प्युठानमा पनि खुला रक्तादान कार्यक्रम आयोजना गरिएको जिल्ला अध्यक्ष महेश पाण्डेले जानकारी दिनुभयो।
उहाँका अनुसार अस्पतालमा उपचारमा रगत उपलब्ध गराउन रक्तदान कार्यक्रम आवश्यक छ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री तुल्सीराम शर्माले युवा जनशक्तिलाई सामाजिक कार्यमा सक्रिय रहनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “अस्पतालमा रगत अभावमा कुनै पनि नागरिक अकालमा ज्यान गुमाउन नपरोस्। यो अभियानलाई निरन्तरता दिनु आवश्यक छ। रक्तदान तथा सामाजिक गतिविधिमा युवायुवती सहभागी हुनुपर्दछ भने मुलुकले समृद्धि हासिल गर्न सक्छ।”
कार्यक्रममा युवा संघ र पार्टीका विभिन्न तहका नेता-कार्यकर्ता,एमालेका विभिन्न जनवर्गीय संगठनका नेता-कार्यकर्तासहित रक्तदानसँग सम्बन्धित सामाजिक संघसंस्थाका प्रतिनिधि,स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो।