प्यूठान,आसन्न १०औं राष्ट्रीय महाधिवेशनका लागि एमाले प्युठानले चयन गरेको प्रतिनिधिप्रति लुम्बिनी प्रदेश कमिटी सदस्य बेगम बिश्वकर्माले असन्तुष्टी जनाएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफूलाई प्रतिनिधि नबनाएकोमा आपत्ति जनाएका हुन् ।
पार्टीमा कामको मुल्यांकन नभएकाले एमाले छोडेर अन्य बिकल्पको खोजी गर्ने बिश्वकर्माले सामाजिक संजालमा लेखेका छन।
उनले लेखेको अर्को एक स्ट्याट्समा प्रतिनिधि छान्ने अधिकार पाएको कार्यदल समेत दबाब र पहुँचको प्रभावमा परेको आरोप लगाएका छन।
बिश्वकर्मा राष्ट्रीय दलित आयोगका पुर्व केन्द्रीय सदस्य समेत हुन। एमाले स्रोतका अनुसार उनले दलित कोटाबाट महाधिवेशन प्रतिनिधि बनेर आउन चाहेका थिए।
तर,पार्टीले एमाले प्युठानका सचिबालय सदस्य समेत रहेका सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्मालाई महाधिबेशन प्रतिनिधि बनाएको थियो।
त्यस्तै, एमाले प्युठानका प्रचार बिभाग प्रमुख नेगनसिंह कुंवरले पनि प्रतिनिधि छनोटमा असन्तुष्टी पोखेका छन।
महाधिवेशनमा सर्वसम्मत प्रतिनिधिका चयन गर्नका लागि एमाले प्यूठानले कार्यदल गठन गरेको थियो । कार्यदलले प्यूठानबाट १ जना दलित सहित ९ जना प्रतिनिधि चयन गरेको थियो।
प्रतिक्रिया राख्नुहोस्