राम बहादुर बिश्वकर्मा
प्युठान,पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण प्युठानको जनजीवन प्रभावित भएको छ।
बन्दले यातयातका साधन चलेका छैनन भने बिहान देखि सडक सुनसान भएको छ ।
यात्रुहरुले गन्तव्यमा जान सार्वजनिक गाडी कुरेर बसे पनि पाउन सकेका छैनन् ।
तस्बिर: पैदल यात्रा गरी गन्तब्यमा पुग्दै स्थानीय
अत्यावश्यक सेवाहरु एम्बुलेन्स,पत्रपत्रिका बाहेक सबै खाले सवारी साधनहरु बिहानैदेखि बन्द रहेका छन् ।उद्योग, व्यापार–व्यवसाय र शैक्षिक संस्था बन्द गरी आन्दोलनप्रति ऐक्यवद्धता जनाई नेपाल बन्द कार्यक्रम पूर्ण रूपले सफल पार्न यातायात व्यवसायी, उद्योग, व्यापार–व्यवसाय,शैक्षिक क्षेत्र सम्बद्ध सम्पूर्ण सङ्घ–संस्था र पेसा–व्यवसायीहरूमा ‘विप्लव’ नेतृत्वको नेकपाले आग्रह गरेको छ ।

Tags :
सम्बन्धित खवर
सरकारले भन्यो- लकडाउन अन्त्य भयो
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्