राम बहादुर बिश्वकर्मा
प्युठान,नागरिकलाई सुचनाबाट सुसुचित गराउन सुचनाको हक कार्यान्वयनमा ल्याउनुपर्ने प्युठानमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन ।
राष्ट्रिय सुचना आयोगले बिहिबार सदरमुकाम खलंगामा आयोजना गरेको सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्युठानमा सूचनाको हकको कार्यान्वयनको अवस्था,समस्या र कार्यान्वयनका लागि सरोकारवालाको भूमिकाको विषयमा छलफल भएको थियो ।
साथै कार्यक्रममा बोल्दै सहभागीले सुचनाको हक जनताको मौलिक हकको रुपमा स्थापित हुनुपर्नेमा समेत जोड दिएका छन ।उनीहरुले संबिधानमा सुचनाको हक सुनिश्चीत गरेपनि सर्वसाधारण नागरिकको पहुचसम्म अझै सुचना सहज रुपमा पुग्न नसकेको बताएका छन । सुचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सबै जिम्मेवार बन्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन ।पारदर्शिता,सुशासन,जवाफदेहिता र शसक्तिकरणका लागि सुचनाको हकलाई सबैले आत्मसाथ गर्नुपर्ने सहभागीको भनाई छ ।
त्यस्तै कार्यक्रममा नयाँ सूचना अधिकारीले कर्मचारी अभावमा लेखा,प्रशासनको समेत काम गर्नु परकोले उसलाई विशेष तालिम दिने र कतिपय स्थानमा जिम्मेवारी नदिई/नपाइ बसेका कारण आफुहरुले क्षमताको उपयोग गर्न नसकेको कार्यालयमा तोकिएका सुचना अधिकारिको गुनासो थियो।
त्यस्तै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले उत्तरदायीत्व,पारदर्शीता र सुशासनका लागि सूचनाको हकको कार्यान्वयन अपरिहार्य रहेको बताउनुभयो ।उहाँले ऐनमा भएका व्यवस्थाहरुको बारेमा बुझाईमा एकरुपता कायम गरि छोटो प्रक्रियामा सहज रुपमा सूचना प्रवाह गर्नु सार्वजनीक सरोकारका निकायहरुको दायीत्व भएको बताउनुभयो ।
संविधानप्रदत्त मौलिक हकअन्तर्गत पर्ने सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयन गर्नुपर्ने दायित्य स्थानीय सरकारको पनि भएकाले सार्वजनिक सरोकारका सूचनाहरू सार्वजनिकीकरण गर्दा स्थानीय सरकारले आफ्ना कमजोरीलाई सच्याउने मौका पाउने र उसको सुशासनको पाटो बलियो हुँदै जाने नेपाल पत्रकार महासंघका अध्यक्ष सन्जय रिजाले बताउनुभयो ।
कार्यक्रममा सहभागी कार्यालय प्रमुख,सूचना अधिकारी र सञ्चारकर्मीहरुले बिगत देखि जारी भएको सूचनाको हक सम्बन्धि ऐनको कार्यान्वयन पक्ष कमजोर रहेको स्वीकार गर्दै कार्यान्वयनमा प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा सहभागीहरुले प्रकृयाको बारेमा सचेतना नहुनु, प्रकृया झण्झटिलो र खर्चिलो हुने तथा कार्यालय प्रमुखबाट सुचना अधिकारीलाई सम्पूर्ण जानकारी नहुने जस्ता समस्याहरुले पनि सुचनाको हक कार्यान्वयनमा चुनौती थपिएको चर्चा गरेका थिए ।
साथै सरकारी कार्यालय मात्र नभएर गैरसरकारी संघ संस्था,राजनितिक दल लगायत सार्वजनीक सरोकारका सबै ठाउँमा आम नागरीकले सहज रुपमा सूचना माग्ने र प्रवाह गर्ने वातावरण बनाउनुपर्ने सहभागीको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय सुचना आयोगका सचिब भागिरथ पाण्डेयले सूचनाको हकको बारेमा सहजीकरण गर्नुभएको कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यको प्रमुख आतिथ्यता र राष्ट्रिय सूचना आयोगका आयुक्त महेन्द्रलाल गुरुङको अध्यक्षता रहेको थियो।
कार्यक्रम समापन गर्दै राष्ट्रिय सूचना आयुक्त गुरुङले गोप्य राख्नुपर्ने बाहेकका सार्वजनिक सरोकारका विषयमा आम नागरिकले सूचना माग्न पाउने हक संविधानले नै सुरक्षित गरेको छ।तर,सरकारी अधिकारीको मनपरीका कारण व्यवहारमा भने यसको कार्यान्वयन राम्रोसँग हुन नसकिरहेको बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्