राम बहादुर बिश्वकर्मा
प्युठान,एमालेको नीति विचारको कारणले सबैको आकर्षण सहित पार्टी प्रति जनलहर बढेको नेपाल कम्यूनिष्ट पार्टी एमाले पोलिट ब्युरो सदस्य सुर्य थापाले दावी गर्नु भएको छ।
नेकपा एमाले प्युठान नगरपालिका वडा नम्बर ९ को मजुवामा वडा कार्यालय उद्घाटन तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताउनुभएको हो। पार्टीका केही नेता वाहिरीदैमा नेकपा एमाले कमजोर नभएको बताउँदै “एमाले सम्पूर्ण जनताको साझा पार्टी भएकाले सही विश्लेषण र निष्कर्षका साथसाथ साथीहरू पार्टी प्रवेश गर्नुभएको छ”, नेता थापाले भन्नुभयो, “एमाले प्रादेशिक/जातीय पार्टी होइन, देश बनाउने पार्टी हो अबको निर्वाचनमा एमालेको आफ्नै सुदृढ बहुमत हुनेछ।” जिल्ला इन्चार्ज समेत रहनु भएकस नेता थापाले नेकपा एमालेको ध्यान सरकार तर्फ भन्दा पनि संगठन निर्माणमा रहेको बताउनु भयो ।
उहाले नेकपा एमाले सरकार बाहिर रहेपनि संसदमा सवैभन्दा ठूलो पार्टी रहेको बताउनु भयो ।नेकपा एमाले प्रति उठेको प्रश्नको जवाफ प्रथम विद्यान महाधिवेशनले दिईसकेको बताउदै पार्टी संगठनमा सम्पूर्ण कार्यकर्ता एकतावद्ध भएर लाग्नु पर्नेमा जोड दिनु भयो । नेता थापाले एमालेको सरकारले जनताको समृद्धि ल्याउनको लागि काम गरेकोले अहिले नेकपा एमाले प्रति आमनागरिकको आकर्षण बढ्दै गएको बताउनु भयो । यसैबीच प्युठान नगरपालिका वडा नम्बर ९ स्थित गुरिगाउ,मजुवा,आर्नाटोल लगायतको गाउँ बाट दर्जनौं कार्यकर्ता मावबादी केन्द्र र नेपाली काङ्ग्रेस बाट एमालेमा प्रवेश गरेका हुन। नव प्रवेसीहरुलाई एमालेका पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज सूर्य थापा,केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज हरि रिजाल र पार्टी जिल्ला अध्यक्ष बिजय बिराज बिष्ट, जिल्ला सचिबालय सदस्य नेहरसिह के सि, नेकपा एमाले प्युठान नगरपालिकाकाअध्यक्ष टन्क बहादुर खड्का, प्युठान नगरपालिका वडा ९ र १० का इन्चार्ज दिपेन्द्र के सि लगायतले स्वागत गर्नुभएको थियो ।
एमाले प्रति जनताको आकर्षण बढ्दै गएको र सिंगो जिल्लाभरमै प्रवेशको कार्यक्रमलाई तिब्रता दिईने योजना रहेको नेकपा एमाले सह- सह इन्चार्ज हरि रिजालले बताउनुभयो। जनताले देखेको विकास र सम्बृद्धिको सपना तुहाउने कार्यमा वर्तमान सरकार उद्धत रहेको भन्दै यो सरकारबाट जनताले कुनै पनि प्रकारको अपेक्षा नगरेको समेत स्पष्ट पार्नुभयो । पछिल्लो समय एमाले प्रति जनताको आकर्षण बढिरहेकोमा खुशी हुदै एमाले जिल्ला अध्यक्ष बिजयबिराज बिष्ट ले आम रुपमा तत्कालीन एमालेको सरकारले बोकेको विकासका नितिले जनता एमाले प्रति आकर्षित भएको बताउनु भयो।

प्रतिक्रिया राख्नुहोस्