राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना धगे मा फोर जी सेवा सञ्चालनमा आएको छ। जिल्लामा निर्माण भएका ३० वटा फोर लेग टावर बाट फोर जि सेवा सन्चालनमा आएको नेपाल टेलिकमको कार्यालय प्युठानले जनाएको छ।
कार्यालयका प्रमुख कृष्ण श्रेष्ठका अनुसारका अनुसार बुधबार बेलुकीबाट परिक्षणका लागि सो सेवा सञ्चालन भएको हो।
पहिला नेट चलाउनकै लागि आधा घण्टा हिँडेर इन्टरनेट भएको स्थानमा पुग्नुपर्ने बाध्यता हटेको भन्दै सेवाग्राही हर्षित भएका छन्। गाउँगाउँमा फोर जी सेवा सञ्चालन भएसँगै अग्लो डाँडा चढ्नुपर्ने, टाढाटाढा हिँडेर जानुपर्ने बाध्यता हटेको प्युठान नगरपालिका ९ मरन्ठाना ठुलासिमका रविन्द्र भण्डारीले बताउनुभयो।
नजिकीई रहेको तिहारमा घरबाहिर भएका साथिभाई आफन्त सँग भिडियो कुराकानी गर्न पाएको भन्दै सामाजिक सञ्जालबाट खुशी व्यक्त गरेका छन्। साथै सामाजिक सञ्जाल फेसबुकमार्फत पहलकर्ता सबैलाई धन्यवाद दिए। विगतका दिनमा मोबाइलमा नेटवर्क खोज्न हिँड्नपर्ने मरन्ठानामा फोर जी सेवा शुरु भएपछि स्थानीयवासी दङ्ग परेका छन्।
त्यस्तै प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नेहरसिह के सि ले ग्रामिण क्षेत्रको विकास वा हरेका विकासका कार्यमा सही सूचना आदान प्रदान गर्न स्पष्ट सञ्चार महत्वपूर्ण हुने भएकाले निर्वाचनको समयमा आफ्नो पहिलो एजेन्डा सन्चार क्षेत्र रहेकाले अहिले आफ्नो एजेन्डाले सार्थकता पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
मानव विकासको पक्षमा सञ्चार विना कल्पना गर्न नसकिने भन्दै सञ्चारले समूदायको चाहना र आवश्यक स्थानिय स्रोत साधनको प्रयोगमा जोड दिदै आम समुदायमा अपनत्वको अनुभूति गराई विकासमा लाग्न प्रेरणा दिने उहाँको भनाई छ।
प्रतिक्रिया राख्नुहोस्