कोभिड–१९ को तेस्रो लहर: बिध्यालय खोल्न र मेला गर्न निशेध 

प्यूठान,केन्द्रकाे निर्णयअनुसार प्युठान जिल्लाका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोभिड–१९ को तेस्रो लहर बढ्दै गएको भन्दै जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू माघ १५ गते सम्म बन्द गर्ने निर्णय भएको हो । मंगलबार सदरमुकाम खलंगामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका विभिन्न ठाउँका धार्मिक तिर्थस्थलहरुमा लाग्ने माघी मेलाजमघट नृत्य र बिद्यालय बन्द गर्ने भएको हो । विभिन्न मठ मन्दिरमा दैनिक पूँजा आजा बाहेकका सबै क्रियाकलापमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

स्वर्गद्वारी मन्दिरमा दर्शनका लागि खोप कार्ड अनिवार्य गरिएको र स्वास्थ्यको पुर्ण परिपाल गर्नुपर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए । ओमिक्रोन लगायतका भेरियन्टको संक्रमणबाट जोगिन प्यूठानका ९ वटै स्थानीय तहमा पूर्व तयारीका लागि जुट्ने निर्णय गरिएको छ । जिल्ला आईसोलेशन केन्द्रको पूर्व तयारीका लागि बिजुवारमा रहेको निर्माण व्यवसायी संघको भवन प्रयोगका लागि अनुरोध गर्ने समेत निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए ।
कोभिड–१९ को तेस्रो लहरबाट जोगिन आम जनतालाई स्वास्थ्य सुरक्षाका मापदण्ड परिपालना गर्न समेत अनुरोध गरिएको छ स्वास्थ्य कार्यालय प्यूठानले बिदाको समयमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै पालिकामा रहेको स्वास्थ्य चौकीको केन्द्रमा पुगेर खोप लगान अनुरोध गरेको छ ।खोप लगाउन बाकी रहेका बिद्यार्थी भाइबहिनीहरुले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा तोकिएको खोप केन्द्र पुगेर खोप लगाउने कार्यमा सरिक हुन अनुरोध गरेको छ ।