राम बहादुर बिश्वकर्मा
प्युठान,खलंगा सरोकार समूहको समन्वयमा श्री स्वर्गद्वारी महाप्रभू बचत तथा ऋण सहकारी संस्था काठमाडौं द्वारा ५० हजार १ सय ७३ बराबको स्वास्थ्य सामग्री मङ्गलबार खलंगा प्राथामिक स्वास्थ्य केन्द्र प्युठान,प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र र धरमपानी स्वास्थ्य चौकीलाई आज हस्तान्तरण गरिएको छ।
त्यस्तै समाजसेवी मनोज श्रेष्ठका अनुसार संकलन गरिएको रकम बाट प्युठान काठमाडौँ नेवा समाज रू.१५०७६/,खलंगा हाल काठमाडौं निवासी राजमणी श्रेष्ठ रु ९,५००/थापाडाँडा हाल बुटवल निवासी समित श्रेष्ठ रू. ४,५८०/ गरी जम्मा रू. ७९,३०९।– बराबरको पिपीइ सेट, सर्जिकल ग्लोव्स, लुज ग्लोव्स, फेसशिल्ड, ह्याण्ड सेनिटाइजर, सिरिञ्ज, एन ९५ मास्क लगायतका स्वास्थ्य सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरिएको छ।
समजसेवी श्रेष्ठले ती समाग्री जुटाउन सहयोग गर्ने सबै सहयोगदाताहरु लाई आभार व्यक्त गरेका छन्।
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्